चाउचाउ, बिस्कुटलगायतका खानेकुरा खानुहुन्छ ? होसियार ! लाग्न सक्छ घातक रोग | Khabarhub Khabarhub

चाउचाउ, बिस्कुटलगायतका खानेकुरा खानुहुन्छ ? होसियार ! लाग्न सक्छ घातक रोग



अत्यन्त कम र असन्तुलीत पौष्टिक तत्व भएका, उच्च क्यालोरीलेयुक्त, धेरै पहिले तैयार गरेर बट्टा वा बोतलमा प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चिनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि अखाद्य बस्तु समेत हालेर स्वादिष्ट बनाईएका, नपकाईकन पनि खान मिल्ने गरि तयार गरिएको खानेकुराहरूलाई चलन चिल्तीको भाषमा मृत खाना वा जंङ्कफूड भन्ने गरिन्छ ।

यी खानेकुराहरूको सेवन गर्दै गए पछि मान्छेलाई जाड, रक्सी वा चूरोटको लत बसे जसरी लत बस्दछ र लामो समय सम्म सेवन गर्दै गए अनेकौँ स्वास्थ्य समस्याहरू देखा पर्न थाल्दछ।

स्वास्थ्यमा असरः

. तौल बढ्नेः विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपनको मुख्य कारण जङ्कफूड हो । कम पौष्टिक मूल्य, असन्तुलीत पोषक तत्व, उच्च क्यालोरी, बार–बार प्रशोधन गरी प्राकृतिक गुणधर्म नष्ट गरिएको, रेशा र चोकर झिकिएको र अखाद्य बस्तुको समेत मिलावट गरिएको हुँदा यी खानेकुराको सेवानले तौल बढ्ने, भूँडी लाग्ने र मोटाउने समस्या जन्मिन्छ । जङ्कफूडलाई लामो समय सम्म पनि संरक्षित गरेर राख्न सकिने र स्वादमा अत्यन्तै स्वादिलो बनाईएको हुँदा र सजिलै एवं सस्तो मूल्यमा पाइँने भएकाले धेरैले यसलाई मन पराउँछन् । अन्तत्वगत्वा जङ्कफूडको कूलतमा फस्दछन । कम पौष्टिक मूल्य एवं असन्तुलीत पोषक तत्व भएको तर अति उच्च मात्रामा नुन, चिनी र चिल्लो हालिएको हुँदा खालि क्यालोरीका कारणले जङ्कफड खाँदा तौल ह्वातै बढ्दछ। यसको अलावा जङ्कफूडको सेवनले मेटमबोलिक क्रियालाई समेत सुस्त बनाईदिने हुँदा तौल बढ्दछ । यसैगरि जङ्कफूडमा मिसाईएका केमिकलहरूले भोक लगाउने र सन्तुष्टि प्रदान गर्ने हारमोनहरूको बिचमा तालमेल बिगारी दिने हुँदा धेरै भोक लाग्ने र असन्तुष्टि बढीरहन्छ फलतः तौल बढ्ने र मोटाउने भइरहन्छ।

. मुटु रोगः जङ्कफूडको सेवनले मुटु तथा रक्तनलिको रोग लाग्दछ भन्ने तथ्य धेरैलाई थहा भईसकेको छ। जङ्कफूड खाएर मुटुरोग लाग्नुको मुख्यकारण जङ्कफूडमा प्रशस्त मात्रामा नुन वा चीनी र चिल्लो हालीनु, खाद्यरेशा नहुनु, भिटामीन र एण्टिअक्सीडेण्ट कमहुनु वा नहुनु, अन्य अखाद्य वस्तुहरूको पनि मिलावट गरिनु आदि पर्दछन् । उच्च मात्रामा भएको कार्बोहाईड्रेटस अथवा चिनी छिटो छिटो पचेर पाचन पश्चात ग्लूकोज बन्दछ र रक्तग्लूकोज बढाउँदछ । यसैगरी उच्च मात्रामा भएको चिल्लोले रक्त कोलेस्टेरोलको मात्रा बढाउँदछ भने उच्च मात्रामा नुन वा सोडियमले प्रयोग गर्नाले रक्तचाप बढ्दछ । यसैगरि खानेकुरामा खाद्य रेशा, भिटामीन र एण्टिअक्सिडेण्ट नहुँदा पनि रक्तनली सुन्निने र साँगुरिने गर्दछ । यो क्रिया मुटुका रक्तनलीमा भए हामी त्यसलाई मुटुरोग भनेर भन्दछौँ । जङ्कफूडमा उच्च मात्रामा हालिएको नुन, चीनी र चिल्लोले तौल बढाउने, रक्त कोलेस्टेरोलको मात्रा बढाउने, रक्तनलीहरूको ईफ्लामेशन गराउने, खाए पश्चात तनाव चिन्ता भय र उदासिनता बढ्ने, मधुमेह र उच्च रक्तचाप गराउने जस्ता मुटुरोगका जोखिम कारक तत्वहरूलाई बढाउने हुँदा मुटुरोगको खतरालाई बढाउँदछ ।

.मधुमेहः जङ्कफूडको दीर्घकालिन सेवन गर्नेहरूलाई मधुमेहले पनि आफ्नो बनाउँदछ। यसो हुनुको मुख्यकारण जङ्कफूडलाई प्रशोधन गर्दा गर्दा त्यसलाई सजीलै पच्न सक्ने बनाईएको हुन्छ र यी खानेकुरा खाएपश्चात तत्काल पच्ने र रक्त ग्लूकोज ह्वात्तै बढाउने गर्दछ तर रक्त ग्लूकोज बढ्ने बित्तिकै हाम्रो पान्क्रियाजले पनि ईन्सुलिन श्राव गरि बढेको रत्त ग्लूकोजलाई नियन्त्रण्मा लिईहाल्दछ । तर, बार–बार रक्तग्लूकोज ह्वात्त–ह्वात्त बढीरहेमा ईन्सुलीन प्रतिरोधकता विकसित भई टायप–२ मधुमेहको समस्या देखा पर्दछ । यसका अलावा जंङ्कफूडमा कुनै पनि प्रकारका रेशा र चोकरहरू राखिएको हुँदैन जसका कारणले पनि मधुमेहको खतरा बढ्दछ ।

. चायपोतो र डण्डिफोर आउनेः जङ्कफूडमा उच्च मात्रामा प्रशोधित कार्बोहाईड्रेट्स हुने भएकाले चाया पोतो र डण्डीफोर जस्ता सौन्दर्यात्मक समस्याहरू पनि हुने गर्दछ । त्यसमा पनि उच्च ग्लाईसेमीक ईन्डेक्स भएका जङ्कफूडहरू जस्तै चकलेट, मिठाई, लड्डू, सनपापडी, आदीको सेवनल तुरून्तै रक्त ग्लूकोज र रक्त ईन्सुलिन बढाईदिने जसका कारणले एन्ड्रोजेन स्राव र तेल उत्पादन भई चाँया, पोतो र डण्डिफोर को समस्या जन्माउछ । यसै गरि उच्च मात्रामा जङ्कफूडको सेवन गर्नेहरूलाई एक्जिमाको समस्या पनि देखा पर्दछ । एक्जिमा भनेको एक किसिमको छालाको एलर्जी हो ।

.क्यानसरः जङ्कफूडको सेवनले तौल बढ्दछ र तौल बढ्नु क्यानसरको जोखिम कारक तत्व हो । यसैगरि जङ्कफूडको सेवनले शरीरमा ईन्फ्लामेसनलाई बढाई दिनेहुँदा क्यानसरको जोखिम बढ्दछ । विभिन्न स्वास्थ्य अनुसन्धानहरुका अनुसार  जङ्कफूडको सेवनले ठूलोआन्द्रा र मलाशयको क्यान्सर, श्वास मार्गको क्यानसर, फोक्सोको क्यानसर, मुख, नाक, जीब्रो, घाटी, स्वरयन्त्र, आमशयको क्यानसर हुने तथ्य दर्शाएका छन् । यसैगरि डिम्बाशय र पाठेघरको क्यानसरसंग पनि जङ्कफूड जोडिएको छ । यसैगरि हामीले खाने तारेभूटेका खानेकुराहरू, सेकुवा, भूटूवा, तरूवा, हटडग, बन, डोनट कार्बोनेटेड–सफ्ट–ड्रिङ्क आदिको कारणले पनि क्यानसर लाग्न सक्छ।

 

. नैराश्यताः जङ्कफुड सेवन नैराश्यताबीच गहिरो सम्बन्ध छ । स्वस्थकर प्राकृतिक खानेकुराहरूलाई राम्रो मुड फ्रेसनरका रूपमा लिईन्छ जबकी जंङ्गफूडलाई मानसिक उत्तेजकको रूपमा बुझिने गरिएको छ। खानेकुरालाई जङ्क बनाउदा यसलाई धेरै पटक सोधन र प्रशोधन गरेर उपयोग गरिने हुदाँ यिनका प्राकृतिक गुण धर्म नष्ट साथै भोजनलाई स्वादिष्ट बनाउनका लागि पर्याप्त मात्रामा नुन, चिनी, चिल्लो, कृतिम रङ्ग, अजिनोमोटो जस्ता रसायनहरू हालिएको हुन्छ । खानालाई यति धेरै रसायनहरू हालेर खाँदा त्यस्ता खानेकुराखाने लत बस्दछ । यसैगरि यी खानेकुरा खाय पश्चात हाम्रो मस्तिष्क लगातार उत्तेजीत भइरहने हुँदा तनाव,चिन्ता, भय हुँदै विस्तारै मान्छे नैराश्यताको शिकार हुन पुग्दछ । यसो हुनुको बास्तविक कारण चाँही, रक्त ग्लुकोजको निरन्तर घट–बढ, न्यूरोट्रान्समीटरहरूको अनियन्त्रण र जङ्कफुडमा भएका हानिकारक तत्वहरूले शरीरका विभिन्न भागमा गर्ने ईन्फ्लामेसन आदिलाई मानिएको छ।

. छाला चाउरी पर्नेः जङ्कफूडको रूपमा उच्चमात्रामा नुन, चिनी र चिल्लो हालिएको खानेकुराहरू खाँदा शरीरमा चिनी र प्रोटीनबीच प्रतिक्रिया भएर एडभान्स ग्लाईकेसन एण्ड प्रोडक्ट नामक कम्पाउण्ड बन्दछ । यो एडभान्स ग्लाईकेसन एण्ड प्रोडक्टहरूले छालाको कोल्याजन र ईलास्टिनलाई क्षति पुर्‍याउँने हुँदा छाला चाउरीपर्ने र चाढै बुढो देखिने हुन्छ । कोल्याजन र ईलास्टिनले छालाको तान, वर्ण, चमक आदि बरकरार राख्न मद्दत गर्दछ।

. चाँडै बुढ्यौलीः जङ्कफूडको सेवनले असामयीक बुढ्यौलीलाई पनि निम्त्याउने तथ्य विभिन्न अनुशंधानहरूले दर्शायी सकेका छन् । जङ्कफूडमा उच्च मात्रामा हालीएका नुन, चिनी र चिल्लोले विशेषतः क्रोमोजोमहरूको टेलोमेयर भनिने सिमावर्ती ढक्कनलाई छोट्याउने गर्दछ । टेलोमेयरको मूख्यकाम भनेको क्रमोजोमलाई विकृत हुन र अन्य क्रोमोजोमसंग प्रतिक्रिया गर्न नदिएर जीनहरूको रक्षा गर्नु हो । यदि टेलोमेयर छोटिँदै गयो भने हाम्रो कोषहरू बुढो हुँदै जाने र असामयीक बुढ्यौली सुरू हुने गर्दछ।

. शक्तिहिनताः जङ्कफूडको सेवन गर्नेहरूमा एकछिन फूर्तिफार्ती आए पनि कालान्तरमा शक्तिहिनता देखापरेको छ । यसो हुनुको मुख्य कारण जङ्कफूडको सेवन पश्चात रक्त ग्लूकोज र ईन्सुलिनको मात्रा ह्वात्त बढ्ने र तुरून्तै कम भई हाल्ने हुन्छ । यसरि पटक पटक रक्त ग्लूकोज बढ्ने र कमहुने गर्दा उर्जा हिनताको अनुभव हुन्छ ।

१०.कलेजोमा बोसो जम्नेः जङ्कफूडमा हालिएको प्रशोधित कार्बोहाईड्रेटसको सेवनले कलेजोमा बोसो जम्ने फ्याट्टी लिवर भन्ने समस्यालाई जन्म दिन्छ । प्रशोधित कार्बोहाईड्रेटस त्यसमा पनि उच्च फ्रूक्टोज भएका खानेकुराहरू जस्तै चिनी, कर्न–सिरप, राईस–सिरप आदिको सेवन गर्दा ती तत्वमा भएको उच्च फ्रूक्टोज बोसोको रूपमा कलेजोमा संरक्षित भएर रहन्छ फलतः कलेजोमा बोसो लाग्दछ।

११. मृगौलालाई क्षतिः लामो समय सम्म जंङ्कफूडको सेवनले मृगौलाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दछ। यसो हुनुको मुख्यकारण जङ्कफूडमा उच्चमात्रामा हालिएको नुन, चिनी र चिल्लो, अखाद्य रसायनहरू हुन् । उच्च मात्रामा नुन चिनी र चिल्लोको सेवनले मृगौलाका सूक्ष्म रक्तनलीहरूलाई क्षती पुर्‍याउने हुँदा मृगौला क्षतिग्रस्त हुन सक्छ।

१२. श्वासप्रश्वासमा समस्याः जङ्कफूडको सेवनले विशेषतः तौल बढाउने काम गर्दछ र धरै तौल बढ्दै गएमा मोटोपन यानिकी ओबेसिटीले सताउदछ । माटोपनका समस्याले ग्रस्त रोगीहरूलाई दम बढ्ने र श्वास फूल्ने समस्याले सताउँदछ । जङ्कफूडको सेवनले दम जन्माएको विशेषतः केटाकेटीमा ज्यादा देख्न सकिन्छ।

१३. दाँत र हड्डीमा असरः जंङ्कफूडको सेवन गर्ने मान्छेहरूलाई एसिडिटीको समस्याले ज्यादा पिरोल्ने र पेटको एसिड मुखमा आएर दाँतको ईनामेल खुईल्याई दिने गर्दछ । दाँतको ईनामेल खुईलिई सकेपछि त्यस ठाँउमा ब्याक्टेरियाहरूको संक्रमण भई दाँतमा क्याभिटी बन्ने, किरा लाग्ने जस्ता समस्या देखा पर्दछ । यसैगरि जंङ्कफूडमा भएको प्रशोधित कार्बोहाईड्रेटस दाँत, गिजा र मुखमा टासिएर ब्याक्टेरियालाई आकर्षित गरेर दाँतलाई संक्रमित बनाउदछन् । यसैगरी लामो समयसम्म जङ्कफूडको सेवन गर्ने गरे हड्डीको अश्थी घनत्व कम हुने, हड्डी खिइने आदि जस्ता समस्या देखा पर्दछन् ।

१४.उच्च रक्तचापः जङ्कफूडको सेवन गर्ने धेरैलाई उच्च रक्तचापको समस्यालाई सताउँदछ । यसो हुनुको मुख्यकारण जङ्कफूडमा हालिएको अत्याधिक नुन हो । शरीरमा नुन वा सोडयमको मात्रा चाहीने भन्दा धेरै भए सोडियमले पिसावबाट उत्सर्जित भएर जाने पानीलाई समेत पुन शरीरमा खैचिएर रगतको आयतन बाढाई रक्तचाप बढाउदछ ।

यसैगरी जङ्कफूडमा उच्च मात्रामा हालिएको चिल्लोले पनि रक्तचिल्लोको गडबडी गराई नशालाई साघुर्‍याई दिने हुदा रक्तचाप बढाउदछ । यसैगरि जंङ्कफूडमा हालिएका धेरै अखाद्य पदार्थहरूले रक्तनलीको भित्री पत्रको ईन्फ्लामेसन गराउने हुँदा यसले पनि रक्तचाप बढाउन मद्दत गर्दछ ।

१५. रक्त चिल्लोको गडबडीः जङ्कफूडको सेवनले व्यापक रूपमा रक्तचिल्लोको गडबडी गराउँदछ । यसो हुनुको मुख्यकारण जंङ्कफूडमा उच्च मात्रामा हालिएको चिल्लो हो । उच्च चिल्लोले शरीरमा कोलेस्टेरोल र ट्राईग्लिसिराईडको मात्रा बढ्दछ । यस्तै जङ्कफूडमा हालिने ट्रान्स फ्याटले पनि राम्रो कोलेस्टेरोल एचडीएलको रक्तमात्रा कम गर्ने र नराम्रो कोलेस्टेरोल एलडीएललाई बढाउने काम गर्दछ । यसैगरी जङ्कफूडमा हालिएको उच्च चिल्लोले फ्याट्टी लिवर गराउने हुँदा यसले पनि रक्त चिल्लोको गडबडी गराउनमा मद्दत गर्दछ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर१ वागिश्वरी चितवनका मेडिकल डाईरेक्टर हुन्।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका