आचारसंहिता उल्लंघन गरेको भन्दै ओलीलाई कारबाही गर्न प्रचण्डको माग | Khabarhub Khabarhub

आचारसंहिता उल्लंघन गरेको भन्दै ओलीलाई कारबाही गर्न प्रचण्डको माग


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

प्रचण्डको सचिवालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगसमक्ष माग गरेको हो ।

‘सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु निर्वाचनको आधारभूत सिद्धान्त विपरीत हो’, प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।’

मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको विज्ञप्तिमा जनाइएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले नेकपा एमालेका मतदातालाई आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन र नदिए क्षम्य नहुने भनी विज्ञप्ति जारी गरेका थिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : १७ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्