अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : मन्त्री गुरुङ | Khabarhub Khabarhub

अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : मन्त्री गुरुङ


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई अवसर दिइएको भए पनि विपक्षीबाट त्यसको सदुपयोग हुन नसकेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको प्रतिक्रिया दिएका छन् ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि विभिन्न प्रतिक्रिया सार्वजनिक भएको सन्दर्भमा उनले बढ्दो कोरोना सङ्क्रमण तथा संसद्को गतिविधिलाई नै अगाडि बढाउन नदिने केही दलका गतिविधिका कारण नै सरकारले अधिवेशन अन्त्य गरेको प्रस्ट्याए ।

संसद्सँग ‘विजनेस’ नभएकाले धेरै अगाडि स्थगितका लागि सिफारिस गर्नुपर्थ्यो तर सरकार परिवर्तन गर्ने र प्रधानमन्त्री बन्न रहर भएकालाई अवसर दिइए पनि सरकार परिवर्तनका लागि कुनै गतिविधि नगरेको र समर्थन फिर्ता लिन चाहनेले पनि नलिएकाले स्थगित गरिएको सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले बताए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “संसद्मा अविश्वासको प्रस्ताव आउँछ भनेर सरकार भागेको होइन, अविश्वासको प्रस्ताव छल्नका लागि संसद् स्थगित गरिएको पनि होइन ।”

कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको र संसद् पनि नियमित अगाडि बढ्न नसकेकाले अधिवेशन स्थगित गरिएको उनको भनाइ थियो । “अरूलाई भेला हुन रोक्ने, तर सांसदहरू लाइन लागेर संसद् जाने भन्ने हुँदैन, त्यसैले अधिवेशन अन्त्य गरेका हौँ”, मन्त्री गुरुङले भने ।
सरकारले आजै अपराह्न १ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : १५ बजे

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा