चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश नियुक्त | Khabarhub Khabarhub

चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश नियुक्त


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा कुमार चुडाल र नहकुल सुवेदीलाई न्यायाधीश पदमा नियुक्त गरेकी हुन् ।

न्यायाधीशमा सिफारिस गरिएपछि उनीहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको थियो ।

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

झापाका चुडाल यसअघि उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहेका थिए भने सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम