त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा आज नेपाल र मलेसियाको खेल | Khabarhub Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा आज नेपाल र मलेसियाको खेल


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदैछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १:१५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजिमा रहनेछ ।

नेदरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ ।

तर, घरेलु मैदानमा नेपाललाई जित्न सजिलो भने हुने छैन् । सिरिजमा अन्डर डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो । मलेसिया त्यो गल्ती नेपालसँग गर्न चाहदैन ।

अर्कोतर्फ मलेसियासँग नेपाललाई २ खेलमा पराजित गरेको आत्मविश्वास छ ।

हालसम्म नेपाल र मलेसियाबीच ८ खेल भएका छन् । जसमा ४ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल छन् । ती खेलमा नेपालले ३ टी–ट्वान्टी र ३ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

मलेसियाले पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी–ट्वान्टीमा नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ४० बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको