चेम्बर अफ कमर्सले गर्‍यो वार्षिकोत्सवका अवसरमा निबन्ध प्रतियोगिता | Khabarhub Khabarhub

चेम्बर अफ कमर्सले गर्‍यो वार्षिकोत्सवका अवसरमा निबन्ध प्रतियोगिता


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले ७० औँ वार्षिकोत्सवका अवसरमा निबन्ध प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगितामा पत्रकारिता क्षेत्रमा अध्ययनरत २० जनाले सहभागिता जनाएको चेम्बरले जनाएको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रतियोगितामा सहभागीहरुलाई स्वागत गर्दै चेम्बरको उद्देश्य तथा उपलब्धिका बारेमा जानकारी दिएका थिए ।

उनले मुलुकको आर्थिक विकाशमा परम्परागत प्रणालीबाट अनलाइन व्यापारसम्म आउँदा राष्ट्रिय अर्थतन्त्रमा यसले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार कुबेर चालिसेले चेम्बरको गरीमामय इतिहास भएको बताए । यसैगरी पशुपति बहुमुखी क्याम्पसका प्रमुख चन्द्रप्रसाद पन्तले निजी क्षेत्र र सरकारी क्याम्पसबीच सामिप्यता नरहेको अवस्थामा चेम्बरले पब्लिक क्याम्पसका विद्यार्थीहरुलाई प्रतियोगितामा समावेश गरी नयाँ परम्परा शुरु गरेकोमा धन्यवाद दिए ।

प्रतियोगितामा सहभागीहरुले वाणिज्य क्षेत्रको जानकारी प्राप्त भएको र आगामी दिनमा आर्थिक पत्रकारिता क्षेत्रमा थप सहयोग मिल्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ४५ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा