राष्ट्रियसभा निर्वाचन माघ १२ गते | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन माघ १२ गते


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल पूरा गरी आगामी फागुनमा रिक्त हुने १९ सिटका लागि निर्वाचनको मिति तोकिएको हो ।

आगामी फागुनमा राष्ट्रिय सभामा २० सिट रिक्त हुँदैछन् । ती मध्ये एक सिट राष्ट्रपतिबाट मनोनित हो । जुन प्रक्रियाबाट निर्वाचित सांसदको पद रिक्त हुने हो सोही प्रक्रियाबाट पूर्ति गर्नुपर्ने व्यवस्था अनुसार १० सिटका लागि चुनाव हुने भएको हो ।

२०७४ मा भएको राष्ट्रिय सभाको पहिलो निर्वाचनपछि गोलाप्रथाबाट पदावधि कायम गरिएको थियो । राष्ट्रिय सभा अविछिन्न भएकाले यसका एक तिहाई सदस्यको पद हरेक २ वर्षमा सकिँदै जान्छ । र रिक्त सिटका लागि चुनाव हुन्छ । पहिलो पटक निर्वाचित हुने सांसदको गोलाप्रथाबाट २ वर्ष, ४ वर्ष र ६ वर्ष कार्यकाल निर्धारण गरिएको थियो । तर, अब निर्वाचित हुने सांसदको पदावधि भने ६ वर्षको हुनेछ ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १० : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र