एमालेको माधव समूह पनि विभाजित | Khabarhub Khabarhub

एमालेको माधव समूह पनि विभाजित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि विभाजित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि नेपाल समूहका नेता दुई खेमामा विभाजित भएका हुन् ।

एक समूहका नेताले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएका छन् भने अर्को समूहका नेताले देउवालाई विश्वासको मत दिएर पार्टी फुटाउन नहुने बताएका छन् ।

नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् ।

माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

उनले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । १० बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।’

सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन, पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’

यता नेतृ रामकुमारी झाँक्रीले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएकी छन् ।

उनले आफूहरूको प्रयास विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिनुपर्छ भन्ने रहेको बताइन । नेतृ झाँक्रीले ‘हंग पार्लियामेन्ट’मा कसैको पनि एकल बहुमत नपुग्ने अबस्था भएको र आगामी दिनका लागिसमेत अहिले विश्वासको मत दिने उनले बताइन् ।

उनले संविधानको धारा ७६(५) पछि अर्को सरकार गठनको परिकल्पना संविधानले नगरेको भन्दै मध्यावधी चुनाव नभएर संसदले पुर्ण कार्यकाल काम गर्नुपर्ने आफ्नो समूहको मान्यताका आधारमा देउवालाई विश्वासको मत दिने उनको भनाइ छ ।

उनले भनिन्, ‘७६(५) पनि अर्को सरकार नबन्ने कारणले कि निर्वाचनमै जानुपर्छ । हामी त मध्यावधी निर्वाचनमा नजाने संसदले पुर्ण कार्यकाल काम गर्नुपर्छ भन्दै आएकाले हामी २३ जनाले भोट हाल्ने कुरा त भइहाल्यो । पार्टीले नै निर्णय गरेर विपक्षमा बसेर भएपनि विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो प्रयास रहन्छ ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ०८ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन