के क्युबामा अझै क्रुरता नै चल्छ ? « Khabarhub
Logo
१२ श्रावण २०७८, मंगलबार

के क्युबामा अझै क्रुरता नै चल्छ ?



गत आइतबार विद्रोहको विस्फोटक स्वरूप देखिएपछि क्युबाली सत्ताले पनि आफूले विगतमा अभ्यास गरे झैँ परिचालित हुँदै यस घटनाक्रमप्रति प्रतिक्रिया दिएको छ ।

व्यावहारिक पाटो यो हो कि जसले क्युबाको रिपोर्टिङ गरिरहेको छ, उसका लागि त्यहाँको सरकारको प्रस्तुति सहज ढङ्गले प्रेषित गर्नु स्वाभाविक हो । यो तीन तहको युक्ति हो, जुन सत्ताले विगतमा आम जनताको माग बेवास्ता गर्दै आफू शक्तिशाली हुन अपनाएको थियो । अहिले त्यही जुक्तीले काम गर्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन ।

पहिलो पटक १९९० मा मैले क्युबाको रिपोर्टिङ गर्ने समयको रणनीति सामान्य थियो । सबैभन्दा पहिले प्रदर्शनकारीले ठूलो संख्यामा बाहिर निस्किएर आवाज उठाउने जोखिम उठाउँथे, अधिकारीहरू बाहिर निस्केर आलोचना नगर्न र चुप लाग्न भन्थे ।

शासक समर्थक भिडले साङ्केतिक रूपले प्रदर्शनकारीमाथि प्रहार गर्न तयारी पनि गथ्र्यो । हवानमा १९९९ मा भएको अलबेरो अमेरिकी समिटकै अगाडि यसरी रद्द भएको एउटा विद्रोहको समाचार मैले तयार पारेकी थिएँ, सरकारले त्यो विद्रोहका समर्थकहरूको आवाज सुन्नै चाहेन ।

तिनीहरूले एउटा लाउड स्पिकर ल्याएर ठूलो आवाजमा धूमधामले गीत बजाए जसका कारण अरू कसैको आवाज नै सुनिएन । रणनीतिको दोस्रो भाग भनेको आफ्नो देशमा जति समस्या भए पनि शासकको रूपमा अमेरिकामाथि दोष थोपर्ने हो ।

तेस्रो चाहिँ विपक्षी शक्तिमाथि बर्बर प्रहार गर्नु हो । हवानामा निराश विरोधीहरूको एउटा कार्यक्रम भइरहेको समयमा फोहोरको ट्रक अगाडि गएर रोकियो, जो कराउने हिम्मत गर्छ त्यसलाई बोकेर त्यसमा राख्न शुरू गरियो । मलाई एउटा मानिसको याद छ, ऊ परिचय पत्र उठाउँदै कराउँदै थियो, ‘म क्युबाली हुँ, मेरो बोल्ने अधिकार छ ।’

उसले आफ्नो वाक्य पूरा गर्न नपाउँदै केही मानिसको झुन्डले उसलाई भौतिक आक्रमण गरेर भुइँमा पछा¥यो । त्यसपछि केही बर्दीधारी दलाल आइपुगे, विद्रोही पक्रिएर बेगमा हुइँकिरहेको र पहिचान नभएको कारमा फ्याँकियो । त्यस पछि त्यो विद्रोहीको जीवन लीला समाप्त भयो ।

यसअघि पनि क्युबालीहरू कठिन जीवन बाँचेका थिए । यो विद्रोहको लहर अरूजस्तै आउने र जाने हुनसक्छ तर यो कठिन दिनचर्यापछि पूरा टापुभरि के भयो, दशकमै यस्तो परिमाणमा प्रदर्शनकारी देखिएका थिएनन् ।

यसपछि त्यसै साँझ एउटा बैठकमा प्रधानमन्त्री फिडेल क्यास्ट्रोसँग मेरो भेट भयो । पत्रकारहरूको सानो समूह जम्मा गरेर उनले राज्यसत्ताका आलोचकहरूले बोल्ने छुट दिएको तर आफूले विश्वास गरेको क्रान्ति जोगाउन केही देशभक्तहरू स्वतः उठेर तिनीहरूलाई चुप लगाएको जिकिर गरे ।

अहिले समय फेरिएको छ, आइकन ठहरिएको क्यास्ट्रोको शासनकाल सकिएको धेरै लामो समय भइसकेको छ । उनको राजनीतिक चमक पनि कम भएको छ । उनको त्यो व्यक्तित्व सहन धेरै क्युवालीका लागि दीर्घरोग नै भएको छ र स्वतन्त्रता सहितको आधारभूत कुराहरूमा ध्यान जान थालेको छ ।

अहिले क्युबामा निराश बढिरहेको छ, अवस्था दिनदिनै सङ्घर्षपूर्ण बन्दै छ र शिथिल पनि । तेलमा धनी भेनेजुएलाले केही उदार बनेर आफैँले सङ्कटहरू समाधान गरे पनि खराब व्यवस्थापन र दमनका कारण क्युबामा खराब अवस्था रहेको छ ।

खाद्य पदार्थ, विद्युत् आपूर्ति र अन्य अत्यावश्यक कुराको अभावले अवस्था खराब भइरहेको छ । अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । स्थिति हुनसम्म खराब भएर स्वास्थ्य संयन्त्र नै भताभुङ्ग भएको छ । अर्थतन्त्रको मूल आधार ठहरिएको पर्यटन व्यवसाय कोभिड–१९ का कारण २०२० मा विनाश नै भएको थियो । अहिले यो टापुमा डेल्टा भेरिअन्ट फैलिएपछि पर्यटन क्षेत्र मार्फत राजस्व पूर्ति गर्ने प्रयास ठप्प भएको छ ।

प्रदर्शनकारीले मनग्ये खाने कुरा नभएको बताए तर उनीहरूले खाना, आवास र रोजगारी मागेनन् । उनीहरूले स्वतन्त्रता मागे ।

क्यास्ट्रोकै समयमा फर्कने हो भने सामाजिक सञ्जालमा पहुँच विरलै हुन्थ्यो । अहिले भिडियो अपलोड र शेयर गर्नेलाई धन्यवाद दिनै पर्छ । यो बहादुर विद्रोही कार्यकर्ताको सानो समूहले गरेको विरोधमात्र होइन, आइतबार हजारौँ मानिसहरू आइतबार क्युबाली टापुका मूल सहर र टोलका सडकमा उत्रिए ।

उनीहरूले घोषण गरे– हामी डराएका छैनौँ, गर्जिएका छौँ, स्वतन्त्रता ! स्वतन्त्रता !

प्रदर्शनकारीले मनग्ये खाने कुरा नभएको बताए तर उनीहरूले खाना, आवास र रोजगारी मागेनन् । उनीहरूले स्वतन्त्रता मागे ।

यसै कारण क्युबाका राष्ट्रपति मिगुयल डाइज क्यानेलले अपेक्षा अनुसार नै आइतबारको टेलिभिजन मन्तव्यमा भने, ‘प्ले बुकको दोस्रो तह काम नलाग्ने भयो ।’ उनले अमेरिकाले लगाएको प्रतिबन्धको कारण स्थिति कठिन बनेको आरोप लगाए । दक्षिणी सत्ताका वासिङ्टन र मियामीमा रहेका क्युबाली माफियाको शासनले निर्वासित क्युबालीलाई उक्साउँदै अशान्त पारेको आरोप लगाए ।

तेस्रो तहको प्रयास लागु गर्ने क्रममा सत्ताका समर्थकलाई विद्रोहीमाथि जाइलाग्न आदेश दिए । उनले भने, ‘लडाइँका लागि अनुमति दिएका छौँ । क्रान्तिकारीहरू सडकमा आउन आवश्यक छ ।’

यो साँचो हो कि वासिङ्टनले क्युबामाथि कठोर आर्थिक नाकाबन्दी लगाएको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध कसिलो बनाए, जो बाइडेनले यसलाई निरन्तरता दिए । तर यो विद्रोहीहरूले उठाएको आर्थिक विषयको सवालमा यो हो । स्वतन्त्रताको कुरा उनीहरूले प्रष्टरूपमा भनेका छन् ।

बाइडेनको प्रदर्शनकारीको मागमा समर्थन गदै बलियो अभिव्यक्ति दिएका छन् । ‘हामी क्युबाली नागरिकको पक्षमा छौँ र स्पष्ट रूपमा स्वतन्त्रताका लागि र महामारीको दुःखदायी अवस्थाबाट र दशकौँको दमनबाट मुक्त हुनका लागि कामना गर्दछौँ ।’ उनले क्युबाका नागरिकलाई त्यहाँका जनताको आवाज सुन्न आग्रह गरे । शान्तिपूर्ण अवतरणको लागि यो एउटा मौका हो ।

यस अगाडि पनि क्युबालीहरू कठिन जीवन बाँचेका थिए । यो विद्रोहको लहर अरूजस्तै आउने र जाने हुन सक्छ तर यो कठिन दिनचर्यापछि पूरा टापुभरि के भयो, दशकमै यस्तो परिमाणमा प्रदर्शनकारी देखिएका थिएनन् ।

पछिल्लो समय १९९४ मा क्यास्ट्रोलाई पद छाड्न दबाब दिइएको थियो । यसपछि सत्ता त टिक्यो तर क्युबालीलाई देश छाड्न निषेध गरियो । उनीहरूका लागि पहिला त अतिरिक्त भिसा चाहिने भयो तर सामान्य ढङ्गले ढोका खोलेर अहिले काम बन्दैन किनभने २०१२ मा सरकारले दशकको प्रतिबन्धमा बढवा दिएको थियो ।

त्यसपछि तेस्रो चरणको चोट बाध्यता थियो । रणनीतिको यो चरण नजिक रहेर हेरिरहेँ । यदि विद्रोह जारी रहन्छ भने आफूलाई जादुमय र चमकदार ठान्ने या एकतन्त्रीय सत्ताका लागि विद्रोहीमाथि शक्ति प्रयोग गर्ने निर्णय कठिन हुन सक्थ्यो । विद्रोह रोक्नकै लागि विस्तृतरूपमा यसो गरिएको भए आम नागरिकका सामु छवि जोगाउन सरकारलाई धेरै कठिन हुन्थ्यो ।

हामीले सुरक्षा निकायबाट धेरै हिंसा देख्यौँ भने के बुझ्न सक्छौँ भने अधिकारीहरू नियन्त्रण गुमाउँदै छन् । हामीले गिरफ्तारी र केही हिंसा देख्यौँ तर यो अझै सीमित दायरामा छ ।

अशान्तिका लागि अमेरिकालाई आरोप नलागोस् भन्ने हेतुले बाइडेनले अहिलेसम्म संयमित र सतर्कतापूर्वक आफ्ना भनाइ राखेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले जनताको शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै हिंसा नभड्काउन र उनीहरूको सर्वोपरि अधिकार नछिन्न चेतावनी दिएका छन् ।

यसैबीच क्युबा समर्थक क्रेमलिनले क्युबामाथि विदेशी हस्तक्षेप नगर्न चेतावनी दिएको छ । क्युबाको भूराजनीतिक तरङ्ग विचार गर्न पनि भनेको छ ।

क्युबाली सत्ताको यसैखाले पृष्ठभूमिले उनीहरूलाई छ दशक भन्दाबढी सत्तामा रहन सहयोग गरेको छ । शायद, फेरि पनि गर्न सक्छ तर हामीले बुझेका छौँ कि इतिहास कुनै पनि समय नसोचिएको दिशामा मोडिन सक्छ ।

(फ्रिदा घिटिस सिएनएनकी पूर्वसमाचारदाता तथा विश्व घटनासम्बन्धी स्तम्भकार हुन् । उनी हाल सिएनएनमा निरन्तर लेख्छिन् । वासिङ्टन पोस्ट र वल्र्ड पोलिटिक्स रिभ्युकी स्तम्भकार हुन् । सिएनएनमा १३ जुलाईमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

 


भर्खर

0