कहिल्यै बुढो नहुने गाउँ, सबैको औषत आयु सय वर्ष ! | Khabarhub Khabarhub

कहिल्यै बुढो नहुने गाउँ, सबैको औषत आयु सय वर्ष !


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उमेरको असर मानिसको अनुहारदेखि शरीरको फिटनेससम्म देखिने गर्दछ । तर कश्मीर घाटीका एक जनजाती समुदायमा भने औसत उमेर नै सय बर्ष भन्दा माथि छ । त्यतिमात्र होइन उनीहरु बुढ्यौलीमा पनि तन्नेरी नै देखिन्छन् ।

उनीहरुको दीर्घ उमेरको कारण हो स्वस्थ्य जीवनशैली र खानपान । उक्त आदिवासी त्यो अन्न मात्र खान्छन् जो आफै उर्मान्छन् । हुन्जा नामक जनजातिका उनीहरु आरु र चर्काे घाममा सुकाएको ओखरको बढि सेवन गर्दछन् । खानामा आफैले उब्जाएको अन्नको दुई छाक भोजन गर्दछन् ।

कैयौं बर्षसम्म उनीहरुका साथमा बिताएका वैज्ञानिक डा. रोबर्ट मैक्कैरिसनका अनुसार ति आदिवासी समुदाय पिउन र नुहाउन हिमनदिको पानी प्रयोग गर्दछन् । उनीहरु मध्ये कोहि पनि अहिलेसम्म कुनै पनि रोगले ग्रसित छैनन् । त्यहामा महिलाले ६५ बर्षसम्म गर्भधारण गरेको तथ्यांक छ ।

कश्मिरको पाकिस्तानी क्षेत्रको गिलगित बाल्टिस्तानको पहाडका बीचमा रहेको यस गाउँका मानिसको औशत उमेर १ सय बर्ष छ । केहि भने १२० बर्षसम्म जीवित रहन्छन् । कतिपय त १५० बर्षसम्म बाँचेको बताइन्छ । यहाँका ७० बर्षका मानिस पनि ३० बर्षे युवक झै देखिन्छन् । अझ महिलाको हकमा उमेरले डाडा काटेका महिला पनि युवती झै देखिन्छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ५० बजे

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त