एन आई सी एशिया बैंकको एपमा 'कस्टुमर केयर' सेवा उपलब्ध | Khabarhub Khabarhub

एन आई सी एशिया बैंकको एपमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवाको शुरुवात गरेको छ ।

डिजिटल बैंकिङ्गका क्रममा आइपर्ने ग्राहकका समस्या समाधान तथा उनीहरुका जिज्ञासालाई यथोचित सम्बोधन गर्न बैंकले मोबाइल एपमा सो सेवाको शुरुवात गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा कस्टुमर केयर शुरु गरेको बैकले जनाएको छ ।

बैंकको एप भित्र रहेको कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् निम्नलिखित सुविधा उपलब्ध छन् :

च्याटबट : मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहक महानुभावहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर/ , विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सकिनेछ ।

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क : यसमार्फत ग्राहक महानुभावहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

गुनासो टिकट : ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नुहुनेछ र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्र्याकिङ समेत सजिलै गर्न सकिनेछ ।

भिडियो ट्युटोरियल : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहक महानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सकिनेछ ।

ईमेल सुविधा : ग्राहक महानुभावहरूले यस कस्टुमर केयरभित्र भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।

एफएक्यूएस : बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकहरुले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुर्‍याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकलाई सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : १७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम