राम मन्दिर बनाउने विषयमा अनुसन्धानभन्दा प्रचार बढी भयो : प्रचण्ड | Khabarhub Khabarhub

राम मन्दिर बनाउने विषयमा अनुसन्धानभन्दा प्रचार बढी भयो : प्रचण्ड


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीस्थित प्रस्तावित अयोध्यामा राम मन्दिर बनाउने विषयमा अहिले अनुसन्धानभन्दा प्रचार बढी भएको बताएका छन् ।

माडीस्थित प्रस्तावित अयोध्या क्षेत्रमा पुगेर प्रचण्डले कुनै पनि काम प्रचारमुखी नभई यथार्थमुखी हुनुपर्ने बताएका हुन् । उनले राम मन्दिर बनाउने विषयमा अहिलेको सरकारले प्रचार बढी गरेको र अनुसन्धानमा ध्यान नदिएको टिप्पणी गरे ।

उनले कम्युनिष्टहरू धर्मलाई मान्दैनन् भन्ने कुरा झुटो भएको पनि बताए । उनले आफूले सरकारमा गएपछि यस विषयमा मुठी खोलेर सहयोग गर्ने पनि प्रष्ट पारे । त्यस्तै, उनले यस विषयमा संवेदनशील बन्ने र पुरातत्वविदहरूसँग छलफल गरेर अनुसन्धानमा गम्भीर हुनेसमेत बताए ।

माडी – ९ कृष्णपुरमा वैशाख ८ गते रामनवमीका दिन राम मन्दिर स्थापना गरिँदै छ । काठमाडौँदेखि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याइँदै छ । प्रचण्डले अयोध्याधाम क्षेत्रको निरीक्षणसमेत गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १२ : ३३ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका