बालबालिकामा संक्रमण बढेको बढ्यै, विद्यालय खुलै | Khabarhub Khabarhub

बालबालिकामा संक्रमण बढेको बढ्यै, विद्यालय खुलै


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— पछिल्ला केही दिनदेखि विद्यालय जाने उमेर समूहका बालबालिकामा कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।

शुक्रबारसम्ममा ८१ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये ९ वर्षभन्दा कम उमेरका १५ जना छन् ।

यही वैशाख २ गते एकै दिन ५२ जना बालबालिकामा कोरोना संक्रमण फेला परेको थियो । यीमध्ये ९ वर्षमुनिका १२ जना र १० वर्षदेखि १९ वर्षसम्मका ४० जना छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार ९ वर्षमुनिका २२ जना र १० वर्षमाथि १९ वर्षभन्दा कम उमेरका ४८ जना गरेर जम्मा ७० जनामा संक्रमण देखिएको थियो ।

गत चैत ३१ गते ९ वर्षमुनिका ५ जना र १० वर्षमाथि १९ वर्षमुनिका ४३ जनामा बालबालिकामा संक्रमण देखिएको थियो ।

हालसम्म १० वर्षभन्दा कम उमेरका ६ हजार ५८६ बालबालिका र ११ वर्षमाथि २० मुनिका कुल १८ हजार ४०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको ताकेता

कोरोना संक्रमणको देस्रो लहरमा विद्यालय उमेर समूहका बालबालिकामा संक्रमणको जोखिम उच्च हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न बारम्बार ताकेता गरेको छ ।

स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते नै कोभिड–१९ संकट व्यवस्थापन समितिमा तत्काल विद्यालय बन्द गराउन सिफारिस गरेको थियो ।

बिहीबार स्वास्थ्य मन्त्रालयले अपिल जारी गर्दै विद्यालय लगायत बढी भिडभाड हुने क्षेत्रमा नजान आग्रह गरेको थियो । मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई अति प्रभावित घोषित गरेको । यी जिल्लाका बालबालिकाकालाई विद्यालय नजान मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले अपिल जारी गरेको केही बेरमै नेपालगञ्ज उपमहानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको थियो ।

काठमाडौँ महानगरपालिकाले शुक्रबार सूचना जारी गरेर कोरोना संक्रमण देखिएका विद्यालयमा कम्तीमा एक हप्ता बन्द गर्न आग्रह गरेको छ । सूचनाअनुसार विद्यालयमा संक्रमण देखिएको अवस्थामा मात्रै बन्द गर्नुपर्ने हुन्छ तर विद्यालयमा परीक्षणको सुविधा छैन ।

संक्रमण नदेखिएका विद्यालयहरूमा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीको भनाइ छ ।

शिक्षा मन्त्रालयले अवस्था हेरेर स्थानीय तहले विद्यालयको बन्दको निर्णय गर्न सक्ने भनेको भए पनि नेपालगन्ज उपमहानगरबाहेक अरूले निर्णय गरेका छैनन् ।

शनिबार कोभिड–१९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्न सिफारिस गरेको भए पनि मन्त्रिपरिषदले निर्णय गर्न बाँकी छ ।

बालबालिकालाई खोप छैन

बालबालिकालाई कारोना संक्रमण हुनबाट जोगाउन उच्च सतर्कता अपनाउनुको विकल्प छैन भन्छन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी । उनले भने, ‘बालबालिकाको लागि अहिलेसम्म खोप परीक्षण नभइसकेकाले उनीहरूलाई संक्रमणबाट जोगाउनको विकल्प छैन ।’

विद्यालय उमेर समूहका बालबालिकाहरूले विद्यालयमा मास्क, खाजा, पानी साटासाट गर्ने जस्ता क्रियाकलाप गर्ने भएको हुनाले उनीहरू उच्च जोखिममा रहेको डा. अधिकारीको भनाइ छ । बालबालिकाले आफ्नो समस्या भन्न नसक्ने भएकाले संक्रमण पहिचान गर्न पनि गाह्रो हुने उनले बताए ।

संक्रमित बालबालिकाको कोरोना परीक्षण गर्न नमुना निकाल्नै मुस्किल हुने र नमूना निकाल्दा पनि उपयुक्त तरिकाले भाइरस पहिचान गर्न सक्ने अवस्था निकै कम हुने डा. अधिकारीको भनाइ छ ।

संक्रमण पहिचान भएका बालबालिका भन्दा पहिचान नभएका संक्रमित बालबालिकाको संख्या ठूलो हुन सक्ने भएकाले उनीहरूले शिक्षक, अभिभावक लगायत अन्य व्यक्तिहरूलाई सार्ने सम्भावना बढी हुने उनले बताए ।बालबालिका चञ्चले स्वभावका हुने भएकाले उनीहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन मुस्किल हुने पनि उनको भनाइ छ ।

डा. अधिकारीले भने, ‘विद्यालयमा अनुगनमा जाँदा, बालबालिकाले पानी साटासाट गरेर खाएको, मास्क साटासाट गरेको, एक अर्कालाई थुक्ने जस्ता क्रियाकलापहरू गरेको पाएका थियौँ ।’

हाल उपलब्ध खोप १८ वर्षभन्दा मुनिका बालबालिकाको हकमा परीक्षण भएका छैनन् । खोप उत्पादकहरूले लगाउन मिल्छ भनेर सिफारिस गरेका छैनन् ।

बालबालिको लागि खोप पनि नहुनु र पछिल्लो समय बालबालिकामै संक्रमण बढ्नुले उनीहरू उच्च खोमिमा रहेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ५१ बजे

दुर्घटनामा घाइतेको उपचार व्यवस्था गर्न ओलीको आग्रह

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको

कृष्णबहादुर महरालाई राजीनामा दिन माओवादीको निर्देशन

काठमाडौं– सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई

संसद् बैठक रोकेर प्रधानमन्त्रीले थाले कांग्रेससँग छलफल

काठमाडौं– मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल

भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले चैतको दोस्रो साता सम्म सञ्चालन

पर्वतको पैयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !

पर्वत– पर्वतका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ