प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रिय भावको गीत’को मनोनयन प्रमाण–पत्र | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रिय भावको गीत’को मनोनयन प्रमाण–पत्र


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्तमान अवस्थामा देशमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशमै रोजगारीको लागि आफूले विभिन्न पहिल गरिरहेको बताइरहेका छन् ।

यही मेशोमा प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ सार्वजनिक भयो । अहिले यो गीत इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को ‘उत्कृष्ट राष्ट्रिय भावको गीत’को विधाको मनोनयनमा परेको छ ।

केही समय अघि आयोजक पीम नेपालले राजधानीमा ५३ विधाको मनोनयन सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई उनको मनोनयनपत्र प्रधानमन्त्री निवास बालुवाटार पुगेरै आयोजकले दिएका छन् । फिल्मकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र लेखक तथा निर्देशक मोहन निरौला बालुवाटार पुगेर मनोनयनपत्र दिएका हुन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राई र शान्तिराम राईको स्वर तथा शान्तिराम राईकै संगीत रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम