दरवारमार्गमा काठमाडौँ महानगरको साँस्कृतिक महोत्सव, सवारी आवगमन प्रभावित | Khabarhub Khabarhub

दरवारमार्गमा काठमाडौँ महानगरको साँस्कृतिक महोत्सव, सवारी आवगमन प्रभावित


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय राजधानीका सडकमा नारा जुलुस घन्किन थालेका छन् । सडकमै आमसभा, हड्ताल गर्ने ट्रेन्ड चलिरहेको छ ।

केन्द्रदेखि स्थानीय सरकार समेत अहिले सडकमै बाजा गाजा घन्काउँदै कार्यक्रम गर्न थालेका छन् ।

काठमाडौँ महानगरले राजधानीको मुटु मानिने दरवारमार्गमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमका कारण काठमाडौँभित्र सवारी आवगमन प्रभावित भएको छ ।

अत्यन्तै व्यस्त हुने दरवारमार्गको सडक आज बिहानै देखि प्रभावित बनेको देखिन्छ भने साउन्ड सिस्टमले वरपरको वातावरणलाई समेत प्रभाव पुर्‍याएको छ ।

दरवारमार्ग आसपासमा यतिबेला सवारीचालन चल्न सकेका छैनन् । ट्राफिक प्रहरीलाई माहोल नियन्त्रण गर्न समेत हम्मेहम्मे परेको छ ।

महानगरले सडकमा यसरी महोत्सव राख्दा ट्राफिक व्यवस्थापनमा निकै चुनौती पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरपालिकाले आयोजना गरेको साँस्कतिक कार्यक्रमका कारण यतिबेला काठमाडौँका धेरै स्थानमा जाम बढेको महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

‘हामीले दरवारमार्गमा आजका लागि ट्राफिक डाइभर्सन गरेका छौं’ उनले खबरहबसँग भने, ‘अहिले केशरमल, भोटाहिटी, लौनचउर, त्रिपुरेश्वर, माइतीघर, जमल, पुतलीसडक लगायतका स्थानमा जाम बढेको छ ।’

दरवारमार्ग नै उपयुक्त लाग्यो : महानगर

महानगरले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीवार साँझ ५ बजे साँस्कृतिक महोत्सव गर्ने भनेको थियो ।

यद्यपी मञ्च बनाउने साउन्ड सिस्टम तयारी गर्ने लगायत तयारीका लागि बिहीवार बिहानैदेखि दरवारमार्ग क्षेत्रमा सवारीसाधन आवगमनमा प्रभाव परेको छ ।

यस विषयमा महानगरका सुचना अधिकारी वसन्त आचार्य भन्छन्, ‘उपप्रधानमन्त्री, गृहमन्त्री लगायत विभिन्न कलाकारहरुको उपस्थिती हुने भएकाले पनि मञ्चको तयारीका लागि बिहानैदेखि सवारी आवगमनमा समस्या भएको हो यसमा हामी क्षमाप्राथी छौं ।’

त्यसो त महानगरले यसअघिका सामान्य कार्यक्रमदेखि ठुला ठुला महोत्सवसम्म विभिन्न होटल तथा पार्टी प्यालेसमा आयोजना गर्ने गर्थ्यो ।

यसपटक महानगरले सडक नै कब्जा गरेर सवारीसाधन आवगमनमा नै बाधा पुग्नेगरी किन सडकमा कार्यक्रम राख्यो र कसलाई सोधेर राख्यो ? यस प्रश्नमा सूचना अधिकारी आचार्य भन्छन्, ‘उपयुक्त स्थान त्यही भएकाले ठाउँ छनोट दरवारमार्ग मै पर्यो, यद्यपी हामीले दिउसो सवारी आवगमन मै प्रभाव पर्ला भनेर साँझ कार्यक्रम राखेका थियौं तर व्यवस्थापनको कामले केही असहज पर्न गएको हो ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ३ : १४ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन