धम्क्याउँदै रकम असुली गर्ने ३ जना बागबजारबाट पक्राउ | Khabarhub Khabarhub

धम्क्याउँदै रकम असुली गर्ने ३ जना बागबजारबाट पक्राउ


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोज्ने तीन जना पक्राउ परेका छन् ।

आइतबार साँझ काठमाडौँको बागबजारस्थित मोडल हस्पिटलबाट दोलखाका १९ वर्षका प्रदीप कार्की र सुरज भण्डारी साथै २१ वर्षीय किरण कार्की पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरुले फोन र म्यासेजमार्फत काठमाडौँ उपत्यकाका विभिन्न व्यक्तिहरुलाई रकम माग्ने गरेको र नदिए ज्यान मार्ने धम्की समेत दिने गरेका महानगरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले धम्क्याउन प्रयोग भएका पाँच वटा मोबाइल र सिम बरामद गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : ५९ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा