'फुलबुट्टे सारी' लाई युट्युबमा २ करोड बढी भ्यूज (भिडियो) | Khabarhub Khabarhub

‘फुलबुट्टे सारी’ लाई युट्युबमा २ करोड बढी भ्यूज (भिडियो)


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजनराज शिवाकोटीले रचना गरेको गीत ‘फुलबुट्टे सारी’ को फिमेल भर्सनलाई छोटो समयमा नै २ करोडभन्दा बढीले हेरेका छन् ।

यो गीत युट्युबमा सार्वजनिक भएको ३९ औं दिनमा २ करोडभन्दा बढीले हेरेका हुन् । यो समाचार तयार पार्दासम्म यो भिडियोलाई २ करोड १७ लाखले हेरेका छन् ।

मिलन नेवारको स्वर रहेको यो गीतमा पल शाह र मलिका महतको अभिनय छ ।

युट्युबमा यो गीत ओर्जिनल गीतभन्दा बढी हेरिएको हो । गीतको भिडियोमा मलिका र पलको अभिनयलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा तयार पारिएको यो म्युजिक भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

बाह्र वर्षअघि नै रेकर्ड गरिएको यो गीत केही समयअघि टिकटकमा एकाएक हिट भएको थियो । गीत हिट भएपछि गायक मार्मिक लामाले सो गीत पुनः रेकर्ड गराएका थिए ।

सो गीत दर्शकले सर्वाधिक रुचाएका थिए । त्यसपछि यो गीतको फिमेल भर्सन तयारी पारी भिडियो सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ६ : ३५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ