इलाममा पर्यटन मैत्री साहित्य सम्मेलन हुने | Khabarhub Khabarhub

इलाममा पर्यटन मैत्री साहित्य सम्मेलन हुने


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाममा पर्यटनमैत्री साहित्य सम्मेलन हुने भएको छ । मंसिर १८ र १९ गते हुने सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारको सहभागिता रहनेछ ।

साहित्यिक पत्रकार संघ, काठमाडौँ, इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने तथा इलामको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

सम्मेनलनमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसँग साक्षात्कार, साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, कवि सम्मेलन तथा इलाममा पर्यटकीयस्थलहरुको प्रदर्शनीलगायतका कार्यक्रमहरु हुनेछन् ।

यसअघि २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना भएको थियो । सो कार्यक्रममा भूपि शेरचन, केशवराज पिडाली, शंकर कोइरालालगायतका स्रष्टाले सहभागिता जनाएका थिए।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ३३ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका