आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्का उद्घाटन गर्दै | Khabarhub Khabarhub

आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्का उद्घाटन गर्दै


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ ।

सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ।

ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : ५७ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन