सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर | Khabarhub Khabarhub

सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो । यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको हो ।

उच्च अदालत हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र निर्मला शाक्यको सँयुक्त इजलासले बिहीबार जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालतको हेटौंडाका सूचना अधिकारी केशव कौशिकले जानकारी दिए ।

उच्च अदालतले सरकारी वकिल र जिल्ला अदालतका यी परस्पर विपरीत दावीमाथि कुनै राय दिएको छैन । सैनिक अदालतले मुद्दाको फैसला गरिसकेको कारण देखाएर केही गडबडी भएको भए पुनरावेदनमार्फत् सुधार गर्न सकिने भनेको छ । अघिल्लो आदेशमा क्षेत्राधिकार विषयको विवादमा आदेश दिँदै अदालतले फैसलाको सक्कल प्रति मगाएको थियो ।

गत १ भदौमा चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले कर्तव्य ज्यान र हतियार चोरी मुद्दामा अभियुक्त सेनाका जवान गंगाधर ढकाललाई सैनिक अदालतमा बुझाउने आदेश गरेको थियो । एकै व्यक्तिसँग जोडिएको फरक मुद्दामा नागरिक अदालतकै क्षेत्राधिकार रहेको सरकारी वकिलको तर्क थियो भने सैनिकले सैनिक ऐनअनुसार कारबाही हुनुपर्ने तर्क गरेका थिए ।

सैनिक ऐनको दफा ६६(१) मा हत्या बलात्कार, यातना र अपहरण कसुरलाई सैनिक अदालतको क्षेत्राधिकारमा नपर्ने भनी उल्लेख छ । यस मुद्दामा सरकारी वकिलले हत्या र हतियार चोरी दुवै मुद्दा नागरिक अदालतबाट हेर्नुपर्ने दावी गरेको थियो ।

चितवन अदालतले सैनिक ऐनको क्षेत्राधिकार भएको उल्लेख गरी सोही अदालतबाट कानुनी कारबाही अघि बढाउन आदेश गरेपछि जिल्लास्थित सरकारी वकिलको कार्यालय आदेशविरुद्ध उच्च अदालतमा गएको थियो । सरकारी वकिलको कार्यालय नागरिक अदालतको क्षेत्राधिकारको विषय अन्तर्गत पर्ने भन्दै पुनरावलोकनका लागि माथिल्लो निकायमा गएको हो ।

जिल्ला अदालतले पाटन उच्च अदालतको हेटौंडा इजलासमा कैफियत प्रतिवदेन पठाएको थियो । उच्च अदालतबाट गत १७ भदौमा प्रतिवेदन मागका सम्बन्धमा आदेश भएपछि चितवन अदालते प्रतिवेदन पठाएको हो ।

गंगाधर ढकालले सहकर्मी भरत गुरुङको गत ७ साउनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो । चोरी भएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो । हत्या आरोप लागेका गंगाधरविरुद्ध सैनिक अदालतले २५ वर्ष कैद तोकेको छ । न्यूज कारखाना

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : १० बजे

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी