संविधान दिवसका अवसरमा झापामा सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण | Khabarhub Khabarhub

संविधान दिवसका अवसरमा झापामा सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्लामा संविधान दिवस भव्य र हर्षोल्लासका साथ दीपावलीसहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।

जिल्लास्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।

समितिले “संविधान कार्यान्वयनको छ वर्ष र लोकतन्त्र” विषयमा अन्तरमावि निबन्ध प्रतियोगिता सञ्चालन गर्ने, ३ गते कारागारमा रहेका कैदीबन्दीलाई खेलकूदका सामग्री हस्तान्तरण गर्ने, चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा दीप प्रज्वलन गर्ने र मेची अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला कृष्ण शाहीले बताए ।

समितिले जिल्लाका स्थानीय तह तथा सामाजिक, धार्मिक र विभिन्न सङ्घसंस्थालाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ५९ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा