देशभक्तिको सवालमा प्रदेश-२ बलियो छ : राजेश अहिराज | Khabarhub Khabarhub

देशभक्तिको सवालमा प्रदेश-२ बलियो छ : राजेश अहिराज


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश-२ प्रदेश प्रमुखबाट पदमुक्त भएका राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् ।

पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए ।

‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छु’ उनले भनेका छन् ।

यस्तो छ विज्ञप्ति

मिति : २०७८ भाद्र १ गते मंगलबार
आभार व्यक्त ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भई ‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित आज मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँ ।

यो अवधिमा मैले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएँ ।

अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आमनागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो छ । सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी छ । देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छ । विभेदको विरूद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो ।

प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर मैले आफ्नो कार्य सम्पादन गरें । निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोले मैले मैले निजी सचिवालय राखिनँ ।

राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ । निजामतीको विकल्पमा वा निजामतीलाई मानमर्दन गर्ने गरी गठन गरिने निजी सचिवालय सैद्धान्तिक रूपमा राज्यकै दोहन हो । राज्यकै अंग (निजामती)माथि विश्वास गरेर काम गर्दा पनि अब्बल काम गर्न सकिने कुरा प्रदेश नं. २ का प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारीहरूले साबित गर्न सफल भएकाले हरेक कर्मचारीहरूलाई विशेष धन्यवाद दिन्छु ।
यसैगरी, प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त हुनुभएका माननीय श्री हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामनासमेत व्यक्त गर्दछु ।

अन्त्यमा, मलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्नु हुने सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु । साथै प्रदेश प्रमुखको रूपमा कार्य गर्दा सहयोग गर्नुहुने प्रदेश नं. २ का प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, नागरिक समाज तथा समस्त प्रदेशवासीहरूमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु । सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु । देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु ।

………………
डा.राजेश अहिराज

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : ४४ बजे

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत

नयाँ बजेटमा यस्ता छन्‌ निर्माण व्यवसायीका माग र सुझाव (भिडियो)

काठमाडौं – सरकारले जेठ १५ गते ल्याउन लागेको बजेटमा निर्माण

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको