एनआईसी एसिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल | Khabarhub Khabarhub

एनआईसी एसिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्।

क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

भारतको आईसीआईसी बैंकमासमेत काम गरेका ढकालसँग नेपालको विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको छ। उनी व्यावसायिक चार्टर्ड अकाउण्टेण्ट हुन्।

‘हाल एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामासमेत अध्यक्ष रहनुभएका उहाँले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएका छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ५६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई