मेलम्चीका बाढी पीडितलाई काठमाडौँ महानगरको सहयोग | Khabarhub Khabarhub

मेलम्चीका बाढी पीडितलाई काठमाडौँ महानगरको सहयोग


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।

मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न महानगरले सहयोग घोषणा गरेको हो ।

मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो ।

मेलम्चीलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  २ : ३० बजे

जीएसआईमा नेपालको समर्थनबारे संसद्‌मा मागियो सरकारको जवाफ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले चीनको ‘ग्लोबल सेक्युरिटी

भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा– पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई

चारदशकको वयमा भाग्य खुलेका कामेश्वर

काठमाडौं – कामेश्वर चौरसिया गत आइतबार दिउँसो पशुपति मन्दिर छेउको

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने

पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट पछिल्लो नौ महिनामा तीन जनाको मृत्यु