बाइडेन-पुटिन भेटमा अमेरिका-रूस सम्बन्ध सुधारको प्रयास | Khabarhub Khabarhub

बाइडेन-पुटिन भेटमा अमेरिका-रूस सम्बन्ध सुधारको प्रयास


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटवार्ता भएको छ ।

एकअर्काको प्रशंसा गर्दै बाइडेन र पुटिनले स्वीट्जरल्याण्डको जेनेभामा तीन घण्टा विताएका छन् ।

सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति भने कायम गर्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गरेका छन् । रुसले नयाँ शीतयुद्ध नचाहेको पनि उनले बताए ।

रुसी राष्ट्रपति पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले ‘समान धारणा’ राखेको जनाएका छन् ।

दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे पनि छलफल थाल्ने भएका छन् । यस्तै सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि फिर्ता गरिएका दुवै देशका राजदूतलाई फेरि कार्यक्षेत्रमा पठाउन बाइडेन र पुटिन सहमत भएका छन् ।

यस्तै साइबर सुरक्षा, हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा पनि बाइडेन र पुटिनबीच कुराकानी भए पनि त्यसमा कुनै ठोस सहमति नभएको जनाइएको छ ।

भेटमा बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा पुटिलाई उपहार दिएका थिए । तर, पुटिनले उनलाई के उपहार दिए भन्ने केही खुलाइएको छैन ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : ०५ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार