इटाली युरोकप फुटबलको नकआउट चरणमा | Khabarhub Khabarhub

इटाली युरोकप फुटबलको नकआउट चरणमा


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटाली जारी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३-० गोलले पराजित गर्दै इटाली समूह ए बाट नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।

लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।

समूहको तेस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डको यो पहिलो हार हो । स्वीट्जरल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।  उसले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : ३५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५