इजरायल-प्यालेस्टाइन युद्ध जारी, एकैदिन १० बालबालिकासहित ४२ जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायल-प्यालेस्टाइन युद्ध जारी, एकैदिन १० बालबालिकासहित ४२ जनाको मृत्यु


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच जारी युद्धमा आइतबार एकै दिन ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना बालबालिका पनि रहेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा गत सोमबारदेखि जारी युद्धमा एकैदिन यति धेरै हताहती भएको यो पहिलो हो ।

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले यो साताभरीमा इजरायलमा तीन हजारभन्दा बढी रकेट प्रहार गरेका छन् ।

सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेको जनाइएको छ ।

युद्ध चर्किदै गएपछि अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरे पनि दुबै पक्ष पछि हटेका छैनन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।

एकहप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गइसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : २५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड