जनगणना तयारी गर्न बझाङमा कार्यालय स्थापना | Khabarhub Khabarhub

जनगणना तयारी गर्न बझाङमा कार्यालय स्थापना


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ। जिल्लामा जनगणना २०७८ का लागि ३६० जनशक्ति आवश्यक पर्ने भएको छ। जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो।

जम्मा ८४ सुपरीवेक्षक र २७६ जना गणक परिचालन हुने तथा जिल्लाको भुगोल अनुसार थप पनी हुन सक्ने जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताए।

सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्। अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ। उनीहरूले २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन्‌। गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन्‌।

यस वर्ष जनगणनामा मुख्य प्रश्नावली ३ वटा र ३७ वटा महलसम्म प्रश्न समावेश गरिने भएको छ। फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन्।

जिल्लामा मुख्य कार्यालय गरी ४ ठाउँमा इलाका कार्यालय स्थापना हुने भएको छ। जसमा जिल्ला जनगणना कार्यालय चैनपुर अन्तरगत जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, मष्टा,छबीस र सुर्मा गाउँपालिकालाई हेर्ने भएको छ भने केदारस्युँ गाउँपालिका अन्तरगत रहेको कार्यालयले केदारस्यूँ , दुर्गाथली र थलारा गाउँपालिकालाई हेर्ने र तलकोट गाउँपालिका अन्तरगत रहेको जनगणना कार्यालयले तलकोट र साइपाल गाउँपालिका हेर्ने भएको छ। यस्तै, बुंगल नगरपालिकामा रहेको कार्यालयले बुंगल नगरपालिका र वित्थडचीर गाउँपालिका हेर्नेछ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिँदैछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र निमार्ण गरिने भएको छ।

साथै २०७८ को जनगणनामा विगतको प्रश्नावलीभन्दा यो जनगणनामा वडामै गएर सुपरीवेक्षकले सामुदायिक प्रश्नावली समेत सोध्ने र जसमा वडा,गाउँटोल नाम, मुख्य र गैर कृषि उपज, वडाको राजश्व स्रोत, जातजाति, मातृ भाषा, आर्थिक पुर्वाधार र विपदको अवस्था र वर्षभर विपदका कारण मृत्यु भएका र बालीनाली क्षति भएको लगायतका प्रश्नावलीहरू समेत समेटिएको जिल्ला जनगणना अधिकारी धामीले बताए। जनगणनालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि र पत्रकार लगायत आम नागरिकको महत्वपूर्ण भूमिका रहने भएकाले सहयोग गर्न सबैमा आग्रह गरिएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ३० बजे

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो