भागरथी हत्या आरोपीलाई पक्रन सफल टोलीलाई गृहमन्त्रीले दिए धन्यवाद  | Khabarhub Khabarhub

भागरथी हत्या आरोपीलाई पक्रन सफल टोलीलाई गृहमन्त्रीले दिए धन्यवाद 


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् ।

बैतडीको दोगदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टोलीलाई धन्यवाद दिँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन–

‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारबाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्‍याउन चाहन्छु ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : ३७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार