प्रतिनिधिसभा विघटन प्रकरणमा वरिष्ठ अधिवक्ता खरेलले 'पाँच आधार'मा दिँदै राय | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरणमा वरिष्ठ अधिवक्ता खरेलले ‘पाँच आधार’मा दिँदै राय


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट आज पनि राय दिन थालिएको छ ।

रिट निवेदकको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीका तर्फबाट राय दिन थालिएको हो ।

आज एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले राय राखिरहेका छन् । खरेलले बेन्च गठनमा उठेको प्रश्नमा समेत धारणा राख्दै राय दिइरहेका छन् ।

‘निश्चित स्वार्थ पूरा हुने गरी बेन्च गठन भयो भनेर प्रश्न उठाइएको छ । तर, मलाई लाग्छ पाँचजनाको इजलासले यो प्रश्नको जवाफ दिनेछ,’ उनले भने ।

२७ सालमा यस्तै प्रश्न उठ्दा आठ जना न्यायाधीशले एउटै विषयको मुद्दा आठ जनाले बाँडेर गरेको स्मरण गराउँदै उनले प्रतिनिधिसभा विघटन प्रकरणमा विभिन्न पाँच प्रश्नलाई आधार बनाएर राय दिइरहेका छन् ।

उनले प्रधानमन्त्रीको अधिकार, लोकतन्त्रको अभ्यास र संविधानका धाराबारेको अध्ययन र मर्म जरूरी भएको बताए ।

निर्विवाद बहुमत प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानले दिएको छ कि छैन, संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने सार्वभौमिक अभ्यास छ कि छैन, मूल्य र मान्यताकै भरमा विघटन गर्न मिल्छ, संविधानमा लेखिएको मान्ने कि अभ्यास र  यो विषय संवैधानिक वा राजनीतिक के हो भनेर छुट्याउने आधार फैसलाको आधार हुन सक्ने उनको सुझाव छ ।

०२७ सालमा यस्तै प्रश्न उठेपछि एउटै विषयको मुद्दा आठजना न्यायाधीशले बाँडेर फैसला गरेको स्मरण खरेलले गरे ।

नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँचजना पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेल एमिकस क्युरीमा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ५१ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा