यो वर्ष अन्त्य हुन सक्छ कोरोना महामारी ! | Khabarhub Khabarhub

यो वर्ष अन्त्य हुन सक्छ कोरोना महामारी !


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०१९ को अन्त्यमा चीनको वुहान प्रान्तमा देखिएको सार्स–२ टाइपको कोरोना भाइरसको कारण संसार आक्रान्त बन्यो । यो भाइरसको हुने संक्रामक रोग ‘कोभिड–१९’ भनियो । रोगका कारण संसारभर फेब्रुअरी १५ सम्ममा २४ लाख ११ हजार जनाभन्दा बढीको ज्यान गइसकेको छ । यो महामारीको अन्त्य कसरी हुन्छ भन्ने बारेमा धेरैको फरक फरक आकलन रहेको छ ।

पृथ्वीमा करिब हरेक सय वर्षमा हुने महामारीको यो क्रम सय वर्षअघि नै सुरु भएको थियो । सन् १७२० मा शुरू भएको प्लेग तीन वर्ष रह्यो । यसको एक सय वर्षपछि सन् १८१७ मा शुरू भएको हैजाको महामारी सन् सात वर्ष रह्यो । सन् १९१८ देखि १९२० सम्म रहेको स्पेनिस फ्लुले झण्डै ५ करोड जनाको ज्यान लिएको थियो भनिन्छ । सन् २०१९ को अन्त्यमा शुरू भएको कोरोना महामारीले यति धरै क्षति नगर्ने पक्का छ ।

विगतलाई आधार मान्ने हो भने महामारीको अन्त्य तिन किसिमले हुने गरेको छ । हर्ड इम्युनिटी अर्थात सामूहिक प्रतिरक्षा विकास भएपछि महामारीको अन्त्य भएको छ । अधिक व्यक्ति संक्रमित भएपछि कुनै भाइरस वा ब्याक्टेरियाका लागि जिउँदो रहने स्थानको अभाव हुन्छ । यसपछि त्यो महामारीको अन्त्य हुन्छ भन्ने हो । यसका लागि सामान्यतया ६५ देखि ७० प्रतिशत व्यक्ति संक्रमित भएको हुनुपर्छ ।

अहिले संसारले यो अनुमान गर्न पनि सक्दैन । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२२ मा ‘हर्ड इम्युनिटी’ को कल्पना गर्न नसकिने जनाएको छ । अमेरिकाले त हर्ड इम्युनिटी विकास हुन दिने हो भने आफ्नो देशमा २० लाख जनाभन्दा बढीको ज्यान जाने आकलन गरेको छ । यसकारण जतिसक्दो धेरैलाई भ्याक्सिन वितरण गर्ने अभियानमा अमेरिका रहेको छ ।

भाइरस म्युटेसन हुँदै कमजोर हुने र यसले क्षति नगर्ने अवस्था पनि आउन सक्छ तर यो विज्ञानको वशभन्दा बाहिरको कुरा हो । वैज्ञानिकहरू यो समय पर्खिएर बस्ने पक्षमा छैनन् । यस कारण सिङ्गो संसार इम्युन अर्थात प्रतिरक्षी हुा ‘भ्याक्सिनेसन’ जरुरी ठानिएको हो ।

संसारमा रहेका ७ अर्ब ४० करोड मानिसमध्ये करिब ६ अर्बलाई भ्याक्सिन दिएपछि कोरोना महामारी अन्त्य हुने अनुमान गरिएको छ । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनबाहेक अन्य सबै भ्याक्सिन दुई डोज आवश्यक भएका कारण कम्तीमा १२ अर्ब डोज चाहिन्छ । हालसम्म १७ करोड ३० लाख डोजभन्दा बढी प्रदान गरिएको छ ।

पछिल्लो तथ्यांकअनुसार प्रतिदिन ५९ लाख ६० हजारको हाराहारीमा भ्याक्सिन दिइएको छ । अमेरिकामा मात्र प्रतिदिन १६ लाख ८० हजार डोजको हाराहारीमा भ्याक्सिन दिने गरिएको छ । यही दर कायम रहे ८ महिनामा त्यहाँको कुल नागरिकको ७५ प्रतिशतले भ्याक्सिन पाइसक्नेछन् ।

हाल संसारमा ७७ देशमा १० वटा भ्याक्सिनलाई अनुमति दिइएको छ । यीमध्ये अमेरिकी फाइजर तथा जर्मन कम्पनी बायोटेकले बनाएको भ्याक्सिन धेरै देशमा लगाइएको छ । माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्ने भएकाले यो भ्याक्सिन गरिब देशमा प्रयोग गरिएको छैन ।

बहराइन, न्युजिल्यान्ड, साउदी अरेबिया र स्वीट्जरल्यान्डले यसलाई पूर्ण अनुमति दिएका छन् । अमेरिका, युरोपेली युनियन, क्यानडा र बेलायत सहित केही दक्षिण अमेरिकी र केही एसियाली मुलुकले यसलाई आपतकालीन प्रयोगको अनुमति दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि आपत्कालीन अनुमति दिएको छ । फाइजरले सन् २०२१ मा २ अर्ब डोज उत्पादनको लक्ष्य राखेको छ ।

अनुमति पाएका यी १० भ्याक्सिनका अतिरिक्त तेस्रो चरणमा परीक्षणमा रहेका केही भ्याक्सिनले छिटो अनुमति पाउने अपेक्षा छ । जोन्सन एन्ड जोन्सनले अनुमतिका लागि अमेरिकी नियामक संस्था खाद्य तथा औषधि प्रशासन (एफडीए) मा निवेदन दिएको छ । सम्भवतः २६ फेब्रुअरीमा बस्ने बैठकले यसलाई अनुमति दिनेछ ।

अमेरिकाको मोर्डना इन्ककै भ्याक्सिन ९४ दशमल ५ प्रतिशत प्रभावकारी मानिएको छ । माइनस २० डिग्री सेल्सियसमा राख्न सकिने यो भ्याक्सिनले स्वीट्जरल्यान्डमा अनुमति पाएको छ । यसलाई पनि अमेरिका, युरोपेली युनियन, बेलायत, क्यानडा, नर्वे, आइसल्यान्ड, सिङ्गापुर, कतार, मङ्गोलिया र इजरायलले अनुमति दिएका छन् । यो कम्पनीले युरोपेली युनियनसँग १६ करोड तथा अमेरिकासँग सुरुमा १० करोड र पछि थप १० करोड डोजको सम्झौता गरेको छ । यस्तै सम्झौता अन्य देशसँग पनि गरेकाले यसले सन् २०२१ मा धेरै देशलाई कोरोना मुक्त बनाउने अपेक्षा गरिएको छ ।

संसारमा सबैभन्दा पहिलो अनुमति पाएको ‘स्पुतनिक भि’ ले उत्पादनमा धेरै फड्को मार्न सकेन । ९१ प्रतिशत प्रभावकारी मानिएको यो भ्याक्सिन सामान्य फ्रिजमै राख्न सकिन्छ । रुसबाहेक बेलारुसबाट पहिलोपटक आपत्कालीन अनुमति पाएको यो भ्याक्सिन धेरैजसो पूर्वी युरोप, एसियाली र अफ्रिकी देशले प्रयोगमा ल्याएका छन् ।

यो भ्याक्सिनले अहिले एक डोजको सोचसहित ‘स्पुतनिक लाइट’ को रूपमा नयाँ उत्पादनको परीक्षण गरिरहेको छ । साथै अस्ट्राजेनेकासँग मिलेर दुई भ्याक्सिन मिसाउँदाको परिणाम पनि आकलन गरिरहेको छ । यसले रुसका साथै भारतको ‘डा. रेडिज लेबरेटरिज’ सँग सम्झौता गरेको यो कम्पनीले दक्षिण कोरिया, चीन र ब्राजिलमा पनि उत्पादन गर्ने जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस स्वीडिस कम्पनी अस्ट्राजेनेका मिलेर बनाएको भ्याक्सिन अहिले पाकिस्तानबाहेक दक्षिण एसियामा सबै देशमा उपयोग गरिएको छ । भारतीय सेरम इन्स्टिच्युटले यही भ्याक्सिन कोभिसिल्ड नाममा पनि उत्पादन गरिरहेको छ ।

थुप्रै देशमा भारतले सहयोग स्वरूप यो भ्याक्सिन पठाएका कारण यसको उपयोग भएको हो । साथै बेलायत, युरोपेली युनियन, अल्जेरयिा र अर्जेन्टिनामा पनि यो भ्याक्सिन प्रयोग गरिएको छ । बेलायतमा देखिएको नयाँ भेरिएन्टका लागि यो उपयोगी मानियो ।

साथै, नयाँ भेरिएन्टको सम्भावना ध्यानमा राखेर यो कम्पनीले अर्को उत्पादन आगामी अगस्टअघि नै बजारमा ल्याउने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो भ्याक्सिन वयस्कका लागि प्रयोग गर्न अनुमति दिएको छ । यसअघि नै सो कम्पनीले सन् २०२१ मा युरोपमा मात्र २ अर्ब डोज भन्दा बढी उत्पादन गर्ने जनाएको छ ।

चीनको कानसिनो बायोटेकले उत्पादन गरेको भ्याक्सिन त्यहाँका लाखौँ सैनिकलाई दिइएको छ । मेक्सिकोले यसलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । रुसको भेक्टर इन्स्टिच्युटले उत्पादन गरेको इपिभ्याक कोरोना अन्य कुनै देशले प्रयोग गरेका छैनन् । यसको तेस्रो चरण परीक्षणको डाटा समेत प्राप्त भइसकेको छैन ।

चीनको बेइजिङ र हुवानका दुई कम्पनीसँग मिलेर सिनो फार्मले दुई भिन्न भ्याक्सिन उत्पादन गरेको छ ।

सीनोफार्म (बेइजिङ) को प्रभावकारिता ७९ दशमलव ३४ पाइएपछि चीन सरकारले यसलाई अनुमति दिएको छ । संयुक्त अरब इमिरेट्समा भने ८६ प्रतिशत प्रभावकारी पाइएपछि यसलाई पहिले नै पूर्ण अनुमति दिइएको थियो । हाल इराक, जोर्डन पाकिस्तान र पेरु लगायत देशमा यो भ्याक्सिन प्रयोग गरिएको छ ।

रोग पुरानो हुँदै जाँदा उपचारका बारे चिकित्सा क्षेत्र जानकार हुँदै आएको छ । साथै नयाँ औषधि पत्ता लाग्ने क्रम पनि जारी रहेको छ । एन्टिबडी ककटेल र मोनोकल एन्टिबडी उपचार पद्धतिमात्र होइन, अबको करिब ६ महिनामा बजारमा एन्टिबडीका लागि नयाँ औषधि आउने अनुमान गरिएको छ ।

सिनो फार्मको चुवान भर्सन भने चिन र संयुक्त अरब इमिरेट्समा प्रयोग भइरहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) र भारत बायोटेकले बनाएको कोभ्याक्सिन भारतमा मात्र प्रयोग भइरहेको छ ।

यसले छिटो अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउने अपेक्षा गरिएको छ । अमेरिकी कम्पनी अकुगेनसँग भारत बायोटेकले उत्पादनका लागि सम्झौता गरेको छ । अमेरिकी बजारका लागि अकुगेनले उत्पादन गर्नेछ । चीनकै भ्याक्सिन अजरबैजान, ब्राजिल, चिली, कोलम्बिया, इन्डोनेसिया, लाओस, टर्की र उरुग्वेमा अनुमति दिइएको छ ।

अनुमति पाएका यी १० भ्याक्सिनका अतिरिक्त तेस्रो चरणमा परीक्षणमा रहेका केही भ्याक्सिनले छिटो अनुमति पाउने अपेक्षा छ । जोन्सन एन्ड जोन्सनले अनुमतिका लागि अमेरिकी नियामक संस्था खाद्य तथा औषधि प्रशासन (एफडीए) मा निवेदन दिएको छ । सम्भवतः २६ फेब्रुअरीमा बस्ने बैठकले यसलाई अनुमति दिनेछ । एक डोजमात्र दिइने यो भ्याक्सिन अमेरिकामा ७२ प्रतिशत, दक्षिण अमेरिकामा ६६ प्रतिशत र दक्षिण अफ्रिकामा ५७ प्रतिशत प्रभावकारी पाइयो ।

दक्षिण अफ्रिकामा नयाँ भेरिएन्टको कारण संक्रमणको सम्भावना रहे पनि लक्षणसहितको संक्रमणबाट रोक्न ८५ प्रतिशत सफल हुने ठहर भएको छ । यस कारण दक्षिण अफ्रिकी बजारमा पनि यो भ्याक्सिन धेरै उपयोगी हुने ठहर गरिएको छ ।

यो कम्पनीसँग अमेरिकाले १० करोड, युरोपेली युनियनले २० करोड तथा कोभ्याक्सले ५० करोड डोजको सम्झौता गरेका छन् । सन् २०२१ मा १ अर्ब डोज उत्पादन गर्ने भएको छ ।

उपर्युक्तबाहेक क्युरेभाक, नोभाभ्याक्स र भारतकै जाइडस क्याडिलाको उत्पादनका साथै चाइनिज एकेडेमी अफ मेडिकल साइन्सका उत्पादन केही महिनामै अनुमति पाउने होडमा रहेका छन् ।

हालको गतिलाई आधार मान्दा महामारी ५ वर्ष रहने अनुमान रहे पनि केही सकारात्मक पक्ष देखिएको छ । पहिलो कुरा, ६९ भ्याक्सिन परीक्षणमा रहेको अवस्थामा ४० भ्याक्सिनले यो वर्ष अनुमति पाए पनि यो ठूलो फड्को हुनेछ । अहिले अनुमति पाएका भ्याक्सिनले धेरै देशमा उत्पादनका लागि सम्झौता गरेका छन् । यसले उत्पादन र वितरणमा गति त ल्याउने नै छ ।

अहिले महामारीको अवस्था पनि भूगोलअनुसार केही फरक रहेको छ । सबैभन्दा धेरै प्रभावित रहेका अमेरिका र युरोपेली देशले ६ महिनामा भ्याक्सिन वितरण पूरा गर्ने लक्ष्य राखेका छन् ।

अबको वर्ष सम्भवतः कोरोना महामारीबाट मुक्त समयको वर्ष हुनेछ । रोगको रूपमा लामो समय रहे पनि महामारीकै रूप र धेरै संख्यामा मृत्यु हुने क्रम सन् २०२१ को अन्त्यसम्ममा समाप्त हुने वैज्ञानिक अनुमान छ ।

चीनले भ्याक्सिन लगाउनेको तथ्यांक सार्वजनिक गरेको छैन । फेब्रुअरी मध्यसम्ममा ५ करोड जनामा भ्याक्सिन लगाउने लक्ष्य राखेको थियो । सन् २०२० को अन्त्यमा आफ्ना २० प्रतिसतमा पुग्ने डोज तयार रहेको जनाएको थियो । भारतले महामारीलाई पूर्णरूपमा नियन्त्रणमा लिएको छ । यी दुई देशले महामारी नियन्त्रण गर्नु संसारको ठूलो हिस्सा महामारीको प्रभावबाट मुक्त हुनु हो ।

त्यसो त भ्याक्सिन मात्र होइन, औषधि उपचारको क्रममा पनि धेरै सुधार भयो । गत मार्च र अप्रिलमा अमेरिकामा पहिलो वेभको समयमा अस्पताल भर्ना भएकामध्ये १७ प्रतिशतको ज्यान गएको थियो । यस पटक जाडोमा संक्रमण फैलिँदा अस्पताल भर्ना भएकामध्ये नौ प्रतिशतको मात्र ज्यान गयो । यो क्रम अन्य देशमा पनि रह्यो ।

रोग पुरानो हुँदै जाँदा उपचारका बारे चिकित्सा क्षेत्र जानकार हुँदै आएको छ । साथै नयाँ औषधि पत्ता लाग्ने क्रम पनि जारी रहेको छ । एन्टिबडी ककटेल र मोनोकल एन्टिबडी उपचार पद्धतिमात्र होइन, अबको करिब ६ महिनामा बजारमा एन्टिबडीका लागि नयाँ औषधि आउने अनुमान गरिएको छ ।

हाल नसासम्बन्धी समस्याका लागि प्रयोग हुँदै आएको टोसिलिजुमाबले पनि महामारी धेरै हदसम्म नियन्त्रण गरेको छ । पछिल्लो समय यसले मृत्यु दर घटाएको जनाइएको छ । साथै मोनोकल एन्टिबडी प्रयोगसम्बन्धी थुप्रै परीक्षण भएका कारण यसको टुङ्गो पनि केही महिनामा लाग्नेछ ।

यी सबै तथ्यांकले भन्छ, अबको वर्ष सम्भवतः कोरोना महामारीबाट मुक्त समयको वर्ष हुनेछ । रोगको रूपमा लामो समय रहे पनि महामारीकै रूप र धेरै संख्यामा मृत्यु हुने क्रम सन् २०२१ को अन्त्यसम्ममा समाप्त हुने वैज्ञानिक अनुमान छ । (विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : ५७ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा