क्यानालिस टप ५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी | Khabarhub Khabarhub

क्यानालिस टप ५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको रियलमी ५उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ ।

स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५उत्कृष्ट स्मार्टफोन २०२०’को सूचीमा रियलमी पनि परेको हो ।

चौथों त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो ।

उक्त रिपोर्टले दक्षिण पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौँथो स्मार्टफोन रियलमी रहेको देखाएको छ । फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा सतप्रतिशतले वृद्धि भएको देखिन्छ ।

समग्र मोबाइलफोनको १२ प्रतिशत बजार शेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ । रियलमी ग्रिस, चेक रिपब्लिक र रसिया जस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा रहेको छ ।

रिपोर्ट अनुसार २०२० को चौंथो त्रैमासिकमा रसियामा त यस फोनको बिक्री ३३८ प्रतिशतले बढेको देखिन्छ ।

‘चुनौतीदेखि उन्नतिसम्मको एजेण्डालाई मूर्त रुप दिएर निर्माण गरिएको यो फोन उत्कृष्ट पर्फमेन्स, स्टाइलिस डिजाइनका साथ सुहाउँदो मूल्यको संयोजन हो । यस कठिन समयमा पनि रियलमीका उत्पादन र मार्केटिङ रणनीति प्रभावकारी छन् ।

हामी सेवाग्राहीको रोजाइलाई प्राथमिकतामा राखि नवीनतम् डिजाइन, सफ्टवेयर र हार्डवेयर बीच सन्तुलित संयोजन तथा आकर्षक डिजाइन उपलब्ध गराउने प्रतिवद्धता गर्दछौँ,’ रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘स्काई ली’ले बताए ।

क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनोरिया, बंगलादेश, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपब्लिक, ग्रिसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचीमा रियलमी सूचीकृत भएको छ । यससँगैँ दक्षिणपूर्वी क्षेत्रमापनि रियलमीले व्यापक रुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : २६ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा