बुलबुले तालमा फसेको जरायोको उद्धार | Khabarhub Khabarhub

बुलबुले तालमा फसेको जरायोको उद्धार


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुर्खेत वीरेन्द्रनगरमा अवस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ ।

उक्त तालमा फसेर घाइते भएर अचेत बनेको करीब तीन वर्षको जरायोलाई आज उद्धार गरी उपचार शुरु गरिएको डिभिजन वन कार्यालय सुर्खेत सहायक वन अधिकृत टेक रावलले जानकारी दिए ।

तालको बीचमा जरायो फसेको भन्ने स्थानीयवासीबाट खबर पाएपछि तत्काल डिभिजन वन कार्यालयको टोलीले त्यहाँ पुगेर उद्धार गरेको सहायक वन अधिकृत रावलले बताए ।

उनका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जङ्गलबाट बाहिर निस्केको र अचेत अवस्थामा दौडिँदा बुलबुलेको तारजालीमा ठोक्किएर घाइते भएको अनुमान गरिएको छ ।

बच्चा जरायोको टाउकामा चोट लागेकाले उपचार गरेर निको भएपछि काँक्रेविहार जङ्गलमा छाडिने उनले बताए ।

राति जङ्गलमा चोरीसिकारी बढ्न थालेपछि पछिल्लो समय काँक्रेविहार जङ्गलमा रहेका जनावर असुरक्षित बन्दै गएको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ५५ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्