‘गोरखा’मा अक्षय युद्ध नायक | Khabarhub Khabarhub

‘गोरखा’मा अक्षय युद्ध नायक


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’ पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मस्सँग पुनः एकपटक सहकार्य गर्दैछन् । अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट(पाँचौं गोर्खा राइफल्स)को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लागेका हुन् ।

यो फिल्मको नाम ‘गोरखा’ हुनेछ । जसको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पुरन सिंह चौहानले गर्दैछन् । भारत स्वतन्त्र भएको ७५ वर्षमा प्रवेश गरिरहेको मौका पारेर निर्माता तथा निर्देशकले वीरताको यो कथालाई अगाडि बढाउन चाहेका हुन् ।

फिल्ममा अक्षयले सन् १९६२, १९६५ को युद्धमा र विशेष रुपले १९७१ को भारत पाकिस्तान युद्धमा लडाई लडेको एक युद्ध नायकको भूमिका निभाउनेछन् ।

फिल्ममा अक्षयले छैटौं गोरखा राइफल्सको ग्रेट अफिसर मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउनेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ०३ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४