हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौँरी याक बन्दै | Khabarhub Khabarhub

हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौँरी याक बन्दै


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– खच्चर र चौँरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ । हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको हो ।

ताप्लेजुङ जिल्लाका हिमाली बस्तीहरूमा सडक सञ्जालले जोडिएको छैन । गाउँहरूमा भरिया पनि पाउन छोडेपछि खच्चर र चौँरी याक नै खाद्यान्न ढुवानी गर्नका लागि भरपर्दो साधन बनेको हो । यसपालिको दसैँ तिहारका लागि आवश्यक खाद्यान्न सामग्री खच्चर,चौँरी र याकमार्फत ढुवानी गरिएको छ । हालसम्म सडक र यातायातको पहुँच नपुगेको क्षेत्रहरूमा पशुमार्फ दसैँको लागि खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिएको हो ।

दसैँ चाड नजिकिएसँगै स्थानीयले खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्री खच्चर र चौँरी याकहरूलाई बोकाएर ढुवानी गरेका हुन् । मामाङ्खेमा अहिलेसम्म सडक पुगेको छैन भने याम्फुदिनमा सडक ट्रयाक (मार्ग) पुगेको छ ।

फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङ गोला, याङमा, र घुन्सा क्षेत्रमा र मिक्वाखोला गाउँपालिका-५ पापुङमा, तोक्पेगोला क्षेत्रमाहरूमा यातायातका साधन सञ्चालन नहुँदा खच्चर चौरी र याकमार्फत सामान ढुवानी गर्ने गरिएको स्थानीयले बताएका छन् ।

पहिले देखि नै खच्चरलाई बोकाएर आवश्यकीय सामग्री ढुवानी गर्दै आएको मामाङ्खेका स्थानीय कैलास लिम्बूले बताए । सडक र यातायातको पहुँच नभएपछि खच्चरमार्फत सामग्री ढुवानी गर्नुको विकल्प नभएको लिम्बूले बताए ।

चाडपर्व नजिकिएसँगै यतिबेला स्थानीयले खच्चर, चौरी र याकहरुलाई बोकाएर धमाधम सामग्री ढुवानी गर्दै आएका फक्ताङलुङ गाउँपालिका-७ का स्थानीय तेन्जीङ शेर्पाले बताए । स्थानीय उपभोक्ता तथा गाउँका व्यवसायीहरूले खच्चर, चौरी र याकहरुलाई बोकाएर उपभोग्य सामग्री ढुवानी गर्दै आएको शेर्पाले बताए ।

फक्ताङलुङ गाउँपालिका-६ लेलेप सम्म यातायातका साधनहरूले खाद्यान्न सामग्री ढुवानी गर्ने गर्दछ । त्यसपछि भने दुई दिन तीन दिन पैदल र्मागमा चच्चर, चौँरी र याकमार्फ ढुवानी हुने गरेको गर्दछ । सिरिजंगा गाउँपालिकाको आम्बेगुदिनको खाम्दिमे बजार तथा तेल्लोक बजारदेखि गाउँसम्म खच्चरमार्फत सामान ढुवानी गर्दै आएका छन् ।

त्यस्तै, कतिपय सडकको ट्रयाक पुगेको ठाउँसम्म ट्रयाक्टरमार्फत सामान ढुवानी गरेपछि खच्चरलाई बोकाएर गाउँसम्म पुर्‍याउने गरिएको याम्फुदिनका विष्णु राईले बताए । राईका अनुसारअहिले दसैँतिहारजस्ता चाडपर्व नजिकिएकाले बढीजस्तो खाद्यान्न सामग्री ढुवानी गरिँदै आएको छ ।

केही सीमित सामग्री भरियालाई बोकाएर पनि ढुवानी गर्ने गरिएको घुन्साका स्थानीय टाँसी तेन्जीङ शेर्पाले बताए । पछिल्लो समय भरिया पाउन छाडेकाले उपभोग्य सामग्री ढुवानीमा खच्चरकै प्रयोग हुने गरेको उनीहरूले बताएका छन् । यता भरियाभन्दा खच्चरमार्फत नै सामग्री ढुवानी गर्दा छिटो हुने र ढुवानी खर्च पनि केही सस्तो पर्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : २१ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको