सञ्चारकर्मी तेजेन्द्र काफ्ले खबरहबमा आबद्ध | Khabarhub Khabarhub

सञ्चारकर्मी तेजेन्द्र काफ्ले खबरहबमा आबद्ध


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समय रेडियो पत्रकारिता गरेका सञ्चारकर्मी तेजेन्द्र काफ्ले पेभलियन मिडिया प्रालिमा आवद्ध भएका छन् । न्यूज डेस्क प्रमुखका रुपमा उनी यस मिडिया प्रालिअन्तर्गतको खबरहब डट कम आएका हुन् ।

प्रालिका अध्यक्ष नरेश श्रेष्ठले कार्यालयमा स्वागत गर्दै सञ्चारकर्मी काफ्लेबाट ठूलो अपेक्षा गरेको बताए । उनले यस संस्थाले आगामी दिनमा सञ्चालनमा ल्याउन लागेको ‘रेडियो क्यान्डिड’ सञ्चालनमा समेत उल्लेख्य भूमिका हुने बताए । खबरहबका प्रधान सम्पादक गोविन्द लुईंटेलले काफ्लेको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

२०५९ सालमा झापाको बिर्तामोडमा खुलेको कञ्चनजञ्घा एफएमबाट रेडियो पत्रकारिता थालेका काफ्लेले झण्डै १६ वर्ष रेडियो कान्तिपुरमा काम गरेका छन् । १९ वर्ष लामो पत्रकारितामा उनी ६ महिना रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख समेत भएका थिए ।

पुनर्स्थापित प्रतिनिधिसभाबाट संसदीय पत्रकारिता गरेका उनले संविधान सभादेखि राष्ट्रिय राजनीतिका हरेक विषयमा कलम चलाउँदै आएका छन् ।

समसामयिक विषयमाथिको कुराकानी, समाचार वाचन र लेखन, सम्पादनमा उनको विशेष दख्खल छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ४७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना