प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीको बधाई | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीको बधाई


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले चीनको तर्फबाट बधाई दिएकी छन् ।

राजदूत यान्छीले बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन् ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै राजदूतसँग भेट भएको जानकारी दिएका छन् । उनले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् ।

‘आज बालुवाटारमा मैले चिनियाँ राजदूत होउ यान्छीलाई भेटेँ । म चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने छु,’ प्रधानमन्त्री देउवाले लेखेका छन् ।

भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल भएको थियो ।

यसअघि देउवालाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्‍यान्डी बेरी बुढानीलकण्ठ पुगेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ५७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम