सिन्धुपाल्चोक बाढी पहिरो अपडेट : बेपत्ता ७ जनाको पहिचान खुल्यो, एकको मृत्यु | Khabarhub Khabarhub

सिन्धुपाल्चोक बाढी पहिरो अपडेट : बेपत्ता ७ जनाको पहिचान खुल्यो, एकको मृत्यु


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बुस्थित इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा हेलम्बु वडा नम्बर २ का ३१ वर्षीय माधव भण्डारी, सोही वडाका ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ की ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र उनकी श्रीमती बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

त्यस्तै चौतारा साँगा चोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल पनि बेपत्ता भएको उनले बताए । एक जनाको शव फेला परेपनि सनाखत हुन नसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ०२ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा