मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने नदीमा बहाब बढ्ने, सर्तक रहन आग्रह | Khabarhub Khabarhub

मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने नदीमा बहाब बढ्ने, सर्तक रहन आग्रह


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधवार कालिगण्डकी,भेरी, पश्चिम राप्ती, तिनाउ, बबईलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने साना नदीमा बहाव बढ्दो सम्भावना रहेकाले सर्तक रहन बाढी पूर्वाअनुमान महाशाखाले आग्रह गरेको छ ।

केही नदीमा आकस्मिक वहाव बढी भई सतर्कता तहमा पुग्ने भएकाले साना नदी र तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

आज कोशी र यसका सहायक नदीमा बहाब सामान्य रहने भएपनि नारायणी, कर्णाली र महाकाली जलधारका केही साना सहायक नदीमा क्षणिक भारी वर्षा हुँदा साना नदीमा आकस्मिक बहाब बढ्ने महाशाखाले जनाएको छ ।

त्यस्तै कन्काई र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने पनि महाशाखाको पूर्व अनुमान छ ।

कमला, बागमती, पूर्वी राप्तीलगायत नदीको बहाब बढ्ने अनुमान गरिए पनि सतर्कता तहभन्दा तलै हुने महाशाखाले जारी सूचनामा उल्लेख छ ।

त्यस्तै पश्चिम राप्ती, तीनाउ, बबईका साना नदीजलाधारमा बहाब बढ्ने र केहीमा सर्तकता तह पुग्न सक्ने भएकाले त्यस क्षेत्रका बस्तीमा पनि सर्तकता अपनाउन भनिएको छ ।

बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, काठमाडौँ, चितवन, मकवानपुर जिल्ला आसपास भइ बग्ने ससाना खोला तथा नदीमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब बढेर सतर्कता तह आसपास हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशका, परासी, पाल्पा, कपिलबस्तु, अर्घखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके बर्दिया, रुकुम पूर्व, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र सूदुरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाड, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भइ बग्ने साना केही नदीमा आकस्मिक बहाब बढेर सतर्कता तहसम्म पुग्ने पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ०९ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा