अमेरिकी प्रभाव बढाउने बाइडनको अभियान « Khabarhub
Logo
१४ श्रावण २०७८, बिहीबार

अमेरिकी प्रभाव बढाउने बाइडनको अभियान



काठमाडौँ– विश्वका औद्योगिक राष्ट्र, ‘जी सेभेन’ को शिखर सम्मेलनमा यसपटक महामारी नै मुख्य एजेन्डा बन्यो । संसारका कोरोना महामारी जस्तो अर्को कुनै महामारी फेरि नदेखियोस् भनेर औद्योगिक देशको नेतृत्व सचेत रहेको देखियो । सय दिनभित्रमा संसारका सबै देशमा कोरोना भ्याक्सिन उपलब्ध गराउने लक्ष्य पनि सम्मेलनमा सहभागीहरूले राखेका छन् ।

शुक्रबार उद्घाटन कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसारमा रहेको असमानता कसरी हटाउने भन्ने विषयमा आफ्नो धारणा राखे । कार्नवाल समुद्र तटमा भएको बैठकमा जोन्सनले सन् २००८ मा भएको गल्ती र यसबाट उत्पन्न आर्थिक समस्याबाट सबैले पाठ सिक्नुपर्ने बताए । बैठक पछि सबै राष्ट्रका नेताहरू महारानीले आयोजना गरेको रात्रिभोजमा सरिक भए । ‘जी सेभेन’ मा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, जापान, इटाली र बेलायत छन् ।

‘जी सेभेन’ को यसै बैठकले २५ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । सो बैठकले अर्को वर्षभरिमा गरिब देशलाई एक अर्ब भ्याक्सिन उपलब्ध गराउने लक्ष्य लिएको छ । भ्याक्सिन उत्पादन बढाउने र महामारीको जोखिम न्यूनीकरण गर्दै जाने भनिएको छ ।

साताको अन्त्यमा भएको सो बैठकमा कोभिड–१९ का कारणले भएको भौतिक र मानवीय क्षतिका बारे सबैले आआफ्नो धारणा राखेका थिए । ‘जी सेभेन’ को यो सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडनले पत्रकार सम्मेलनको आयोजना गर्दै चीनका ‘मानव अधिकार विरोधी’ गतिविधि र ‘जलवायु परिवर्तन’ का चुनौती मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

बाइडनले अबको लडाइँ तानाशाही सोचका विरुद्धमा हुने पनि बताए । उनले आफूलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा भिन्न पनि राखेका छन् । ट्रम्पले बारम्बार जलवायु परिवर्तन कुनै समस्या होइन भन्ने गरेका आएका थिए । बाइडनले ट्रम्पले भनेझैँ यो सामान्य समस्या नभएर मानव जीवनलाई अप्ठेरो पार्ने समस्या भएको बताए ।

कार्नवाल घोषणापत्रमा चीनलाई मानव अधिकारको रक्षा गर्न भनिएको छ । खासमा उत्तर–पश्चिम प्रान्तमा भएको ज्यादती रोक्न ‘जी सेभेन’ बैठकले प्रस्ताव नै पारित गरेको हो । सो प्रान्तमा उइगुर जाति र अल्पसंख्यक मुस्लिम समुदायको बसोबास छ । चीनमा अल्पसंख्यक माथि ज्यादती भएको त्यहाँ रहेका मानव अधिकारकर्मीले बताउँदै आएका छन् । बाइडनले चीनमात्र आफ्नो चासो नभई संसारमा हुने गरेका मानव अधिकार विरोधी सबै गतिविधिमा आफ्नो चासो रहने बताए ।

‘जी सेभेन’ ले कम आय भएका देशहरूलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । यो घोषणालाई चीनले यसलाई चुनौती दिएको छ । चिनियाँ अधिकारीहरूले ‘संसार धेरै अघि बढेको कुरा नबुझीकनै एउटा झुन्डले आफूलाई सर्वोपरि ठानेको’ भन्ने प्रतिक्रिया दिएको छ ।

‘जी सेभेन’ बैठकले कोरोना भाइरसको उत्पत्ति चिनियाँ ल्याबमा भएको आशंका विश्व स्वास्थ्य सङ्गठनले गरेका कारण विज्ञहरूमार्फत यसको निष्पक्ष छानबिन हुन आवश्यक रहेको ठहर गरेको छ । अमेरिकी राष्ट्रपति बाइडनले कोरोना भाइरसको तथ्यबारे बोल्दै शुरूमा भनिएझैँ चमेरो नै कारण भएको, अन्य वातावरणीय कारण भएको, चिनियाँ ल्याबमा उत्पादन भएर लिक भएको जे भए पनि वास्तविकता पत्ता लाग्नु पर्नेमा जोड दिए ।

बाइडनले कोभिड महामारीको रोकथाम, साइबर अपराध र अन्य आपराधिक घटनाको न्यूनीकरणको विषयमा रुससँग सहकार्य हुन सक्ने पनि बताए । रुसको उपस्थितिसँगै ‘जी सेभेन’ राष्ट्र ‘जी एट’ मा परिणत भएको थियो । सन् २०१४ मा क्रेमियामाथिको हमलापछि रुस हटायो ।

यस पटक आमन्त्रित देशका कारण पनि ‘जी सेभेन’ सम्मेलन विगतको भन्दा पृथक रह्यो । भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण कोरिया आमन्त्रित थिए । भौतिक वा भर्चुअल दुवै रूपमा ती देशका अधिकारी ‘जी सेभेन’ बैठकमा उपस्थित भए ।

‘जी सेभेन’ को यसै बैठकले २५ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । सो बैठकले अर्को वर्षभरिमा गरिब देशलाई एक अर्ब भ्याक्सिन उपलब्ध गराउने लक्ष्य लिएको छ । भ्याक्सिन उत्पादन बढाउने र महामारीको जोखिम न्यूनीकरण गर्दै जाने भनिएको छ ।

सो घोषणापत्रमा गरिब देशलाई आर्थिक समस्याबाट उकास्न सहयोग गर्ने कुरा प्रस्ट उल्लेख गरिएको छ । ‘जी सेभेन’ नेताले ‘ग्रीन रेभुलेसन’ का रूपमा सन् २०५० सम्ममा कार्बनरहित वातावरणको लक्ष्य पनि राखेका छन् ।

बाइडनको पत्रकार सम्मेलनअघि नै चीनले ‘एउटा सानो समूहले संसारमा राज गर्न खोजेको’ भन्ने प्रतिक्रिया दिएको दियो । ‘जी सेभेन’ का सबै देशले चीनका बारेमा एउटै धारणा राखेपछि लन्डनस्थित चिनियाँ राजदूतावासले यस्तो प्रतिक्रिया दिएको हो ।

‘जी सेभेन’ को यो सम्मेलनपछि विश्व अर्थतन्त्र र कूटनीतिमा बेलायती प्रभाव बढ्ने अनुमान छ । ग्लास्गोमा आयामी नोभेम्बर हुने वातावरणीय सम्मेलनअघि सबै देशलाई बेलायतको वातावरणसँग सम्बन्धित प्रविधिसँग साक्षात्कार गराउन कर्णवालको कारिस बे होटेलमा यो सम्मेलन आयोजना गरिएको हो ।

यसअघि सन् २०१९ पनि औद्योगिक राष्ट्रहरूको शिखर सम्मेलन फ्रान्सको बियारिट्जमा भएको थियो । सम्मेलन हुने क्षेत्र र विश्वका यी नेताहरूसँग भेट हुने सबैको दैनिकजसो कोरोनाको परीक्षण पनि भएको थियो ।

‘जी सेभेन’ को पछिल्लो सम्मेलन र अहिलेको सम्मेलनबीचको दुई वर्षमा संसारमा धेरै परिवर्तन भएको छ । यही दुई वर्षको बीचमा कोरोना महामारीका ३७ लाख भन्दा बढीको ज्यान गएको छ । यो महामारीबारे ‘जी सेभेन’ ले के गर्ला भन्ने चासो अरू देशलाई थियो ।

केही महिना अघिसम्म सम्मेलन आयोजक देश बेलायतको चर्को आलोचना पनि भएको थियो । कुनै पनि देशलाई भ्याक्सिन सहयोग नगरेका भन्ने आरोप प्रधानमन्त्री जोन्सनमाथि थियो । आखिर जोन्सनले आगामी वर्ष गरिब देशलाई १ अर्ब डोज भ्याक्सिन दिनेमा अग्रसरता देखाए ।

यसै भ्रमणको दौरान बाइडनले फाइजरको ५० करोड खोप किनेर अर्को वर्षसम्ममा गरिब देशलाई दिने घोषणा गरे । थुप्रै आरोप र आलोचना खेपिरहेका जोन्सनले बजारको केन्द्रमा सम्मेलन आयोजना गरेको भए प्रदर्शनको सम्भावना पनि थियो । उनले प्राकृतिक रूपले सुन्दर तथा बेलायतको अन्य स्थानको तुलनामा गरिबी भएको स्थानलाई सम्मेलन स्थल रोजे ।

महामारीले क्षत विक्षत अमेरिकालाई महामारी मुक्त गराउने र फेरि पुरानै गतिमा सर्वशक्तिमान बनाउन बाइडन सक्रिय छन् । विश्वका सबै देशमा उत्तिकै चासो र समन्वयसहित प्रभाव जमाउने अमेरिकी अभियानको रूपमा ‘जी सेभेन’ बैठकमा बाइडेनको भूमिका देखिएको छ ।

बाइडेन र जोन्सनको भेटवार्तामा उत्तरी आयरल्यान्डसहितको संयुक्त अधिराज्यको एउटै नीति बनाउने बारेमा पनि छलफल भयो । बेलायतमा हुने गरेका अन्य औपचारिक सभामा झैँ यस कार्यक्रममा जोन्सनले पूर्वप्रधानमन्त्री विन्सटन चर्चिललाई सम्झेका थिए । सन् १९४१ मा अमेरिकी राष्ट्रपति फ्रान्कलिन रुजवेल्ट र चर्चिल बीचको भेटपछि राष्ट्र संघ र नाटा ( उत्तर एटलान्टिक सन्धि सङ्गठन) को अवधारणा आएको थियो ।

संसारका थुप्रै राजनेताका लागि यो सम्मेलन भिन्न अर्थमा महत्वपूर्ण रह्यो । गत सेप्टेम्बरमा प्रधानमन्त्री भएका जापानका योसुहिदो सुगाका लागि भयरहित रूपमा ओलम्पिक खेलकुदको आयोजना महत्वपूर्ण विषय बनेको छ ।

जर्मन चान्सलर एन्जेला मार्केल १६ वर्ष लामो शासनपछि आगामी महिना सत्ता हस्तान्तरण गर्दै छिन् । लोकप्रिय कार्यकालको समाप्तिमा मर्केल एउटा यस्तो छाप छाड्न चाहन्छिन् ता कि लामो समय उनको सम्झना हो ।

यस पटक आमन्त्रित देशका कारण पनि ‘जी सेभेन’ सम्मेलन विगतको भन्दा पृथक रह्यो । भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण कोरिया आमन्त्रित थिए । भौतिक वा भर्चुअल दुवै रूपमा ती देशका अधिकारी ‘जी सेभेन’ बैठकमा उपस्थित भए ।

जी सेभेन बैठकमा सन् २०१४ यता भारतलाई दोस्रो पटक आमन्त्रण गरिएको हो । सन् २०१९ मा ‘गुड विल पार्टनर’ का रूपमा आमन्त्रित भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागी थिए । सो सम्मेलनमा ‘बायो डाइभर्सिटी’ र ‘डिजिटल ट्रान्सफर्मेसन’ को विषयमा मोदीले आफ्नो धारणा राखेका थिए । मोदीभन्दा अघि मनमोहन सिंह ‘जी सेभेन बैठक’ पाँच पटक सहभागी भएका थिए ।

अहिलेको ‘जी सेभेन’ समूहलाई अमेरिकी राष्ट्रपति बाइडनले पनि ‘आउट डेटेड’ भनेर अहिलेको विश्व अर्थतन्त्रमा रहेको प्रभावका आधारमा भारत, अस्ट्रेलिया र दक्षिण कोरिया लगायत देशलाई सरिक गराउनु पर्ने मत राखे । सन् २०२० सेप्टेम्बरमा ‘जी सेभेन’ लाई ‘जी टेन’ वा ‘जी इलेभेन’ ११ बनाउने योजना अघि सारिएको थियो । कोरोना महामारीका कारण सन् २०२० मा सम्मेलन आयोजना भएन र यो अभियान थाँती रह्यो ।

बाइडनको बेलायत भ्रमणले नयाँ संकेत पनि गरेको छ । गत वर्ष महामारी शुरू भएदेखि यसले सबैभन्दा बढी गाँजेको देश अमेरिका थियो । पछिल्ला समय भने फरक भएको छ । अमेरिकामा प्रतिदिन कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । महामारीबाट अमेरिका लगभग मुक्त हुँदैछ । धेरै समीक्षकले बाइडनको यो भ्रमणको अर्थ अमेरिका पुरानै बाटोमा रहेको र फेरि पनि शक्ति केन्द्र नै रहेको संकेत हो भनेका छन् । बाइडनले यो सम्मेलनपछि पनि थुप्रै देशको भ्रमण गर्ने सम्भावना छ ।

नाटोको बैठकमा चासो नराख्ने अमेरिकाका राष्ट्रपति यस पटक आफैँ बैठकमा उपस्थित भए । शायद बाइडनको उपस्थितिपछि नाटोले कोरोना भाइरसको उत्पतिका बारे छानबिन गर्नुपर्ने तथा हङकङ र जिङ जियाङ प्रान्तको मानव अधिकार हननको मुद्दा उठाउने छ ।

बाइडनले बेलायतमा महारानी एलिजाबेथसँग पनि भेटवार्ता गरे । बाइडन १४ जुनमा ब्रसेल्समा नाटोको सम्मेलनमा पनि सहभागी भए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गर्ने भएका छन् ।

यसअघि नै वाइडेनले चार पक्षीय बैठक राखिसकेका थिए । अस्ट्रेलिया, जापान भारत र अमेरिकाको उक्त बैठकमा कोरोना भ्याक्सिन उत्पादन र वितरणको गति बढाउने तथा महामारी विरुद्धको लडाइमा पनि चीनभन्दा प्रभावकारी रहनुपर्ने कुरा बाइडनको थियो ।

महामारीले क्षत विक्षत अमेरिकालाई महामारी मुक्त गराउने र फेरि पुरानै गतिमा सर्वशक्तिमान बनाउन बाइडन सक्रिय छन् । विश्वका सबै देशमा उत्तिकै चासो र समन्वयसहित प्रभाव जमाउने अमेरिकी अभियानको रूपमा ‘जी सेभेन’ बैठकमा बाइडेनको भूमिका देखिएको छ ।

नाटोको बैठकमा चासो नराख्ने अमेरिकाका राष्ट्रपति यस पटक आफैँ बैठकमा उपस्थित भए । शायद बाइडनको उपस्थितिपछि नाटोले कोरोना भाइरसको उत्पतिका बारे छानबिन गर्नुपर्ने तथा हङकङ र जिङ जियाङ प्रान्तको मानव अधिकार हननको मुद्दा उठाउने छ । –एजेन्सीहरूको सहयोगमा


भर्खर

0