मेलम्चीमा भीषण बाढी र पहिरो, कयौँ बेपत्ता (तस्वीरसहित) | Khabarhub Khabarhub

मेलम्चीमा भीषण बाढी र पहिरो, कयौँ बेपत्ता (तस्वीरसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ ।

मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ ।

हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु बगाएको छ । प्रहरीले एक दर्जनभन्दा बढी हराएको अनुमान गरेको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँधमा क्षति पुगेको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा बाढी पस्दा बगरजस्तो बनेको छ ।

बाढी र पहिरोले मेलम्ची बजार जोखिममा परेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बगाएको छ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको छ । बेपत्ताहरूको खोजी शुरू गरिएको तथा क्षतिको अरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीरहरू : श्रीधर पौडेलको फेसबुकबाट

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : २० बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि