७ हजार ३६८ संक्रमित थपिए, ६ हजार ६४८ डिस्चार्ज | Khabarhub Khabarhub

७ हजार ३६८ संक्रमित थपिए, ६ हजार ६४८ डिस्चार्ज


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६०९ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा गरी कुल २ हजार ६०९ जना थपिएको जानकारी दिएका हुन् ।

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ६९४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १६२
१०-१९ वर्ष – ४९६
२०-२९ वर्ष – १६६३
३०-३९ वर्ष – १६९४
४०-४९ वर्ष – १३१९
५०-५९ वर्ष – ९५९
६०-६९ वर्ष – ५८६
७०-७९ वर्ष – २८६
८०-८९ वर्ष – १०८
९०-१०० वर्ष- १८
अज्ञात – २५

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १२, उदयपुरमा ९, ओखलढुंगामा ३३, खोटाङमा ३, झापामा २००, ताप्लेजुङमा २६, तेह्रथुम २, धनकुटामा ७, पाँचथर १, भोजपुरमा २, मोरङमा ३५२, संखुवासभामा ३, सोलुखुम्बु २ र सुनसरी ९१ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १४२, पर्सामा ५७, बारामा २४, महोत्तरीमा १११, रौतहटमा ४२, सप्तरीमा १५३, सर्लाहीमा १४ र सिरहामा ५३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८८१ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २५५, चितवनमा २५१, दोलखामा ७, धादिङमा ५१, नुवाकोटमा ५५, भक्तपुरमा २९२, मकवानपुरमा १७, रसुवामा ५३, रामेछापमा ११, ललितपुरमा ४३६, सिन्धुपाल्चोकमा ८५ र सिन्धुली ६३ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १७०, गोरखामा २३, तनहुँमा २२, नवलपरासी पूर्वमा ५३, पर्वत ६, मुस्ताङ १, म्याग्दी २, लमजुङमा ५, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४०, कपिलवस्तुमा २१, गुल्मीमा ५४, दाङमा ३१९, नवलपरासीमा ५५, पाल्पामा ७७, प्यूठानमा १, बर्दियाका ४३, बाँकेमा १६०, रुकुम पूर्व २, रुपन्देहीमा ४०३ र रोल्पामा ७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा ३८, जुम्ला ६, डोल्पा ४, दैलेखमा २१, मुगु ३, रुकुम पश्चिममा २४, सल्यानमा १९, सुर्खेतमा २१५ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३३, कैलालीमा ५२७, डडेल्धुरामा १, डोटी २, दार्चुला १६, बाजुरामा ३ र बैतडीमा ५२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

३६ जिल्लामा ५ सय बढी संक्रमित

नेपालका ५५ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५५ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ३६ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १९ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, बैतडी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेश १ को ताप्लेजुङ र उदयपुरमा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को सर्लाही, र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको रामेछाप, दोलखा र रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत, म्याग्दी, स्याङ्जा र लमजुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको गुल्मी र रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुम पश्चिम र सल्यान २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको डडेलधुरा र डोटी दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१ हजार ७०१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा 

मन्त्रालयका अनुसार १ हजार ७ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३३१ कोरोना संक्रमितको आईसीयूमा र ३७० को भेन्टिलेटरमा गरी कुल १ हजार ७०१ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९२ जना आईसीयूमा र ५४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९९ आईसीयूमा र ४८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ।

यसैगरी बागमती प्रदेशमा ५५४ जना आईसीयूमा र २१९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ९८ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

निक हुने दर ७४.६ प्रतिशत

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

थप १४५ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : ३६ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले