हाल नेपालमा १०० कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

हाल नेपालमा १०० कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै, कुन प्रदेशमा कति ?


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ५३७ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षण ६४ जना गरी ९ सयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये आज देशभरका आईसीयूमा १ सय जना उपचाररत छन् भने ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ आईसीयूमा २, भेन्टिलेटर १ जनाको उपचार भइरहेको छ । प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् । यसैगरी वाग्मतीमा ४६ जना आईसीयूमा र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा ८ जना आईसीयूमा र एकको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ३६ जना आईसीयूमा र भेन्टिलेटरमा १२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार कर्णालीमा ४ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने सुदुरपश्चिम प्रदेशमा २ जना आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास