गलत प्रचार गरेर नेपाल–भारत सम्बन्धलाई प्रदूषित गर्ने प्रयत्न भयो : परराष्ट्रमन्त्री | Khabarhub Khabarhub

गलत प्रचार गरेर नेपाल–भारत सम्बन्धलाई प्रदूषित गर्ने प्रयत्न भयो : परराष्ट्रमन्त्री


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र बेला बेला हुने गरेको बताएका छन् ।

नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण गलत अपुष्ट सूचना संप्रेषण गरेर नेपाल–भारत सम्बन्धलाई प्रदूषित गर्ने प्रत्यन्त भएको समेत बताए ।

उहाँले सरकार नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बनाउँदै अघि बढाउन प्रतिवद्ध रहेको धारणा राखे । मन्त्री ज्ञवालीले नेपाल भारतसंगको मित्रतालाई उच्च महत्व दिने र आर्थिक सामाजिक साझेदारीमार्फत सम्बन्धलाई परिणाममूखि बनाउन चाहनेको जिकिर गरे । नेपाल–भारतबीच असल सम्बन्ध र समझदारी बाहेक अर्को विकल्प नरहेको उनले बताए ।

त्यस्तै सञ्चारमन्त्री पार्वत गुरुङले छिमेकी राष्ट्रहरूको सम्बन्ध थप प्रगाढ भए जनताको सम्बन्ध पनि प्रगाढ हुने बताए । उनले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आउन नदिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल–भारत मैत्री संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ०७ बजे

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा