नेपालसहित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलको खेल तालिका सार्वजनिक | Khabarhub Khabarhub

नेपालसहित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलको खेल तालिका सार्वजनिक


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ ।

एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत १० देखि १६ (मार्च २३ देखि २९) सम्म हुनेछ ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० गते हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा कुल ४ खेल हुनेछ । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै एन्फाले अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गर्न लागेको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ८ : ०६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम