गौतम बुद्धका ५ अनमोल वचन, तपाईँलाई कति उपयोगी ? | Khabarhub Khabarhub

गौतम बुद्धका ५ अनमोल वचन, तपाईँलाई कति उपयोगी ?


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भगवान गौतम बुद्धले बौद्ध धर्मको प्रवर्तन गरेका थिए । बुद्धको अहिंसा र करुणाको सिद्धान्तले सम्राट अशोकलाई यतिधेरै आर्कषित गरेको थियो कि उनले यसबाट प्रभावित भई बौद्ध मतलाई स्वीकार गरे युद्धमा रोक लगाएका थिए ।

बुद्धका अधिकतर उपदेश सामाजिक र सांसारिक समस्यामा केन्द्रित रहेको छ । उनले सैयौं बर्ष पहिले भनेका कुरा वा विचार आज पनि प्रासँगिक रहदै आएको छ । उनका वाणीहरुले व्यक्तिको जीवन सफल र सुखीमय बनाउन मद्दत गर्दछ ।

बुद्धका अनमोल वचनमार्फत व्यक्तिलाई जागरुक गराउनुका साथै ज्ञानको प्रकाश फैलाउन मद्दत गर्दै आएको छ । गौतम बुद्धका केही अनमोल वचनका साथ दिनको शुरुवात गरे सकारात्मक सोच बढ्दछ ।

१. जो मानिस जस्तो सोच्दछ, उसको सोच अनुसार उ त्यस्तै बन्दछ । यस्तोमा कोही व्यक्ति खराब सोचका साथ बोल्छ वा काम गर्दछ भने उसले कष्ट नै भोग्नु पर्दछ । तर यदि कोही व्यक्ति शुद्ध विचारका साथ बोल्दछ वा काम गर्दछ भने उसले केवल खुसि पाउँदछ ।

२. गौतम बुद्धले भनेका छन्, अतीतमा ध्यान नदेउ, भविष्यका बारेमा नसोच, आफ्नो मनलाई वर्तमान क्षणमा केन्द्रित गर । अर्थात हामीले आज मात्र आफ्नो जीवन जीउन पर्दछ । बरु आजलाई राम्रो बनाउने प्रयाश गर्नु पर्दछ । भूत र भविष्यको चिन्ता गर्नु हुदैन ।

३. अरुसँग लडाई गर्नुभन्दा तिमी आफैमा जित हासिल गर । यसो गर्दा तिमीले कुनै समस्या भोग्नु पर्दैन बरु उल्टै जित तिम्रो हुनेछ । यदि तिमीले आफूमाथि जित हासिल गर्याै भने तिमीलाई कसैले पराजित गर्न सक्दैन ।

४. बुद्ध भन्छन्, ३ चीज लामो समयसम्म लुक्न सक्दैन- सुर्य, चन्द्रमा र सत्य । तसर्थ यदि तिमीबाट कुनै गल्ती भयो भने यसलाई नलुकाउ किनभने यो लामो समयसम्म टिक्दैन ।

५. तपाईंसँग जे जति छ, त्यसैमा खुसी हुनुहोस् । आफुसँग भएभन्दा बढि अरुको सामु बढाई चढाई गरी नभन्नुहोस् । साथै अरुको कुनै पनि चीजमा ईर्ष्या नगर्नुहोस् । जो अरुको ईर्ष्या गर्दछ उसको मनमा कहिल्यै शान्तिको वास हुदैन ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ०४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम