सुपारी खाने लत परेपछि हुने हानी के के ? | Khabarhub Khabarhub

सुपारी खाने लत परेपछि हुने हानी के के ?


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा खाना खाइसकेपछि सुपारी चपाउने बानी हुन्छ । खाना खानासाथ सुपारीको टुक्रा चपाउने तलतल लाग्छ ।

धेरैलाई सुपारीले खाना पचाउँछ भन्ने लाग्छ । तर, यो केवल भ्रम हो । सुपारीले स्वास्थ्यलाई राम्रो गर्दैन । के छ त सुपारी सेवनको हानी ?

१. क्यान्सर
सुपारीको अत्याधिक सेवनले मुखको क्यान्सर हुने अध्ययनहरुले देखाएको छ । साथै यसको अत्यधिक सेवनले अन्न नलीको समेत क्यान्सर गराउँछ । त्यस्तै, धेरै सुपारी चपाउन बानीले मुखको छाला कडा बनाउनुका साथै दाँतको जरामा समस्या निम्त्याउँछ ।

२. मुटु रोग
सुपारीको सेवनले मुटुरोग समेत निम्त्याउन सक्छ । अत्याधिक मात्रामा सुपारीको सेवनले मुटु सम्बन्धि जोखिम निम्त्याउनुका साथै मोटोपना बढाउँछ ।

३. दाँतको समस्या
निरन्तर सुपारी चपाइ रहने मानिसमा दातको समस्या पैदा हुनुका साथै दाँत खिइने गर्दछ । त्यस्तै, यसले दातमा सडन पैदा हुनुका साथै दातमा खिया लागेर दातँको स्वरुप बिर्गाछ ।

४. अन्य साइड इफेक्ट्स
सुपारीको सेवन गर्ने बानीले दिनदिनै यसको लत लाग्दै जान्छ । त्यसैले सुपारीको बानी पर्छ र छोड्न समेत गार्‍हो हुन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ०८ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा