अमेरिका-मेक्सीको सीमा पर्खाल वन्यजन्तुलाई खतरा « Khabarhub
Logo
१ बैशाख २०७८, बुधबार

अमेरिका-मेक्सीको सीमा पर्खाल वन्यजन्तुलाई खतरा



राष्ट्रपतिको कार्यभार समालेकै दिन जो बाइडनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन सम्बधी तथा उनकै कार्यकालको सबैभन्दा महत्त्वपूर्ण निर्णय सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने नीतिमाथि रोक लगाएका थिए ।

अमेरिका–मेक्सिको सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने उद्देश्य त्यस क्षेत्रमा हुने आपराधिक गतिविधि र अनियन्त्रित आप्रवासन नियन्त्रण गर्नु थियो ।

पर्खाल निर्माणका कारण उक्त क्षेत्रका वन्यजन्तु र वातावरणमा नकारात्मक असर पुग्ने वातावरण विज्ञहरूले बताउँदै गर्दा पनि त्यहाँ पर्खाल निर्माण कार्य सञ्चालन भएको थियो ।

अनावश्यक परिणाम

क्लिन्टन प्रशासनपछि विभिन्न संस्करणमा पर्खाल निर्माण हुने गरेको छ ।

ट्रम्प प्रशासनले सीमामा निर्माण गर्न लागेको पर्खाल वन्यजन्तुको वासस्थानका लागि हानिकार भएको अरिजोनास्थित केन्द्रीय पर्यावरण विविधता केन्द्रमा काम गर्ने लाइकेन जोर्डहल बताउँछन् । पर्खालमा बाटो र प्रकाशको पनि व्यवस्था गरिएको थियो ।

जोर्डहल भन्छन्, ‘उनीहरूले भयंकर ठूलो पहाडी इलाका, जहाँ पर्खाल निर्माण भइरहेको छ, उक्त स्थानमा पुग्ने पहुँच बन्द गरिदिएका छन् ।’

पहाडी इलाकामा आँखाले देख्न सक्ने किसिमको भौतिक परिवर्तन बाहेक वातावरणविज्ञहरू भौतिकरूपमा वन्यजन्तुमाथि आउन सक्ने खतराका विषयमा चिन्तित छन् ।

यसले गर्दा वन्यजन्तुले सीमा वारवार गर्न र सहजरूपमा आवतजावत गर्न सक्दैनन् । खाना, पानी र साथीहरूको पहुँचबाट पनि टाढा हुनुपर्ने अवस्था आउँछ ।

अरिजोना विश्वविद्यालयका अनुसन्धानककर्ता तथा वैज्ञानिक आरोन फ्लेश जनवारको बासस्थानलाई विद्युतीय बत्तीको विभिन्न आकारसँग तुलना गर्छन ।

कुनै बत्ती सानो र मधुरो बल्ने किसिमको हुन्छ जसले थोरै मात्र ऊर्जा खपत गर्छ । कुनै तेजिलो प्रकाश फाल्ने खालको हुन्छ जसले ऊर्जा पनि त्यही किसिमको खपत गर्छ ।

जनावार पनि यस्तै प्रकारका हुन्छन् । कुनैलाई थोरै खाना र पानीले पुग्छ भने कुनैलाई खाना र पानी प्रशस्त आवश्यक पर्छ ।

‘त्यो सानो र मधुरो प्रकाश आउने स्थान बसोबासका लागि उपयुक्त नहुन पनि सक्छ । चलयमान हुन पाउँदा र राम्रो पानी परेको अवस्थामा यस्ता स्थानमा केही वर्ष भने बस्न सकिन्छ,’ अनुसन्धानकर्ता फ्लेश भन्छन्, ‘राम्रो पानी परेको अवस्थामा खानाका स्रोत जुट्ने हुँदा सानै भए पनि केही वर्ष यस्तो स्थानमा बस्छन् तर पछि त्यहाँबाट जनवार अलप हुन्छन् ।’

जीवजन्तुहरू एक स्थानबाट अर्को स्थानमा यात्रा गर्न नसक्दाको अवस्थामा स्थानीयस्तरबाटै विलुप्त हुन सक्ने खरता रहने उनको भनाइ छ । पर्खाल जस्ता अड्चनले प्रकाशको मात्रा कम प्रवाह हुँदा आपसी सम्बन्ध टुट्न सक्छ ।

‘हामीसँग कुनै खालको तथ्याङक त छैन तर सबै वन्यजन्तु विशेष हुन्छन्’ फ्लेशले भन्छन्, ‘सरकारबाट आउने बजेटको कमीका कारण पर्खाल निर्माणपछि सीमा क्षेत्रमा आवतजावत गर्ने जनवारलाई कस्तो किसिमको प्रभाव पर्छ भन्ने यकिन जानकारी छैन ।’

अरिजोनास्थित वातावरणीय समूह स्काई आइल्यान्ड एलाएन्सका निर्देशक इमिली वनका अनुसार यो सबै काम वातावरणीय प्रभाव र त्यसको असर निरूपणका विषयमा केही जानकारी नै नलिई भइरहेको छ ।

द रियल आईडी नियम २००५ ले सरकारलाई सीमा पर्यावरण कानून परिर्वतन गर्न सडक निर्माण गर्ने अनुमति दिन्छ । यही नियमले राष्ट्रपति ट्रम्पलाई सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने अनुमति दिएको थियो ।

वातावरणविद आधा काम सकेर छोडिएको निर्माण कार्यका विषयमा पनि चिन्तित छन् ।

इमिली भन्छिन्, ‘निर्माण कार्यसँग धेरै क्षेत्रमा क्षति पुगेको छ, हामी पानीको मुहानमा आएको समस्या देख्न सक्छौँ । निर्माण कार्यलाई त्यतिकै छोडिएको अवस्थामा त्यसको प्रभाव निकै ठूलो हुने छ ।’

जुन क्षेत्रमा निर्माण कार्य सम्पन्न भइसकेको छ, वातावरणविदहरू उक्त क्षेत्रमा कम प्रकाशका कारण चराचुरुङ्गीको आवत जावतमा समस्या आउन सक्ने बताउँछन् ।

कम प्रकाशका कारण चराहरूले आफ्नो दिशा पहिल्याउन नसक्ने समस्या आउन सक्ने उनीहरूको चिन्ता छ । संरक्षणविदहरूका अनुसार पूर्व—पश्चिम दिशामा प्रवाह हुने चकिलो प्रकाशका कारण उत्तर–दक्षिण दिशातर्फ उड्दै गरेको चराहरूलाई अप्ठेरो हुन सक्छ ।

जोर्डहलको निष्कर्ष छ— जमिनमा लगाइएको पर्खालका कारण मेक्सिकोमा रहेको प्रजनन केन्द्रबाट टाढा, अमेरिकामा रहेका चितुवाको सम्पर्क विच्छेद हुन्छ । यसले गर्दा अमेरिकामा रहेका चितुवालाई साथीको अभावमा निराश बनाउने त छ नै यसले प्रजननको सम्भावाना पनि कम गर्छ ।

वनका अनुसार निर्माण कार्यका दौरान आवश्यक पर्ने पानीका लागि पम्पसेटको प्रयोग गरिएको थियो । यसरी निकालिएको पानी निर्माणस्थल नजिकको बाटोबाट आउन सक्ने धुलो नियन्त्रण गर्न पनि प्रयोग भएको थियो । यसले गर्दा केही झरनाको पानी सुकेको छ । ती स्थानका वन्यजन्तुलाई पानीको अभाव हुन थालेको छ ।

सीमा क्षेत्रका वन्यजन्तुको अध्ययन

सन् २०२० को मार्चमा स्काई आइल्यान्ड एलायन्सले अमेरिका–मेक्सिको सीमा हुँदै आउजाउ गर्ने वन्यजन्तुको निगरानी गर्न र तथ्यांक संकलन गर्न शुरू गरेको छ ।

यसका लागि वन्यजन्तुको निगरानी गर्न अमेरिकातर्फ ४८ वटा क्यामेरा राखिएको छ, भने मेक्सिकोतर्फ २० क्यामेरा छन् । यसका अतिरिक्त भिडियो क्यामेराको व्यवस्था पनि गरिएको छ ।

यी सबै क्यामेराले यी स्थानका जीवजन्तुको गतिविधिको निगरानी गर्छन् । हालसम्म यी क्यामेराले १०४ प्रजातिका जीवजन्तुको १२ हजार फोटा खिचिसकेका छन् ।

पहाडी इलाकामा भौतिकरूपमा वन्यजन्तुमाथि आउन सक्ने खतराका विषयमा वातावरणविदहरू चिन्तित छन् । वन्यजन्तुले सीमा वारवार गर्न र सहजरूपमा आवतजावत गर्न सक्दैनन् । खाना, पानी र साथीहरूको पहुँचबाट टाढा हुनुपर्ने हुन्छ ।

‘हामी अहिले ती प्रजातिका जीवजन्तु छन् कि गए भनेर हेर्दौ छौँ । के उनीहरूलाई अर्को वासस्थान खोज्नु प¥यो ? निर्माणस्थल निजिकैका स्थानमा के भइरहेको छ ?,’ वन प्रश्न गर्छिन् । उनी यो विषयको अनुसन्धान आगामी २० वर्षसम्म सञ्चालन हुने बताउँछन् ।

बाइडन प्रशासनको आगामी कदम

बाइडन प्रशासनल बन्दै गरेको पर्खाल निर्माण रोक्न निर्देशन दिइसकेको छ । उक्त निर्माण रोकिएसँगै खर्च नहुने त्यो बजेट कुन क्षेत्रमा लगानी गर्ने भनेर योजना बनाउन पनि उनको प्रशासनले सरकारका विभिन्न निकायका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

ह्वाइट हाउसबाट दिइएको मन्तव्यमा वातावरण र पर्यावरण जोगाउन आवश्यक पर्ने कुनै पनि कुरा उद्घोष गरिएको छैन । साठी दिनको पुनरावलोकन समयपछि पर्खाल निर्माणको अवस्था के हुन्छ भन्ने कुरामा पनि अनिश्चिता छ ।

विशेषगरी शरणार्थीहरू र आप्रवासीहरूले अमेरिकामा आश्रय खोजिरहेको अवस्था र सीमा क्षेत्र हुँदै अमेरिकामा लागू प्रदार्थ भित्र्याउन प्रयास गर्नेको संख्या बढ्दै गर्दा अमेरिकाकाले सीमा क्षेत्रमा कस्तो नीति लिन्छ भन्ने अन्योल बढ्दै गएको छ ।

बाइडनको आप्रवासन विधेयकले हालको सीमा अवस्थाको अपूर्णतालाई प्रविधि र सीमा क्षेत्रमा आवश्यक हुने स्रोतसाधनले पूरा गर्ने दाबी गरेको छ । उक्त विधेयकमा प्रवेशस्थलमा आवश्यक पर्ने पूर्वाधार विकासमा लगानी बढाउने उल्लेख गरिएको छ ।

वन अपेक्षा गर्छिन्, ‘सीमामा पर्खाल निर्माण गर्न छुट्याइएको बजेट अब पर्खालको संरचना परिवर्तन गर्न खर्च होस् ।’ त्यसो गर्दा पर्खालले खडा गरेको अड्चन कम हुने उनी बताउँछिन् ।

‘मान्छे मात्रै यस्तो जीव हो जो धेरै सन्र्दभमा पर्खालमाथि जानेछ । मानिस साधन प्रयोगकर्ता र केही चलाख भएका कारण त्यसो गर्न सम्भव छ’, फ्लेश भन्छन्, ‘एक्काइसौँ शताब्दीको प्रविधिले एक्काइसौँ शताब्दीको समस्या समाधान गर्न सक्दैन ।’

(प्राकृतिक विपत्ति सम्बन्धी कलम चलाउने एलिजावेथ ली भ्वाइस अफ अमेरिकासँग सम्बन्धित छिन् । १४ मार्च २०२१ मा भ्वाइस अफ अमेरिकामा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0