कोइरालालाई ८७८ मतले पछि पार्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित | Khabarhub Khabarhub

कोइरालालाई ८७८ मतले पछि पार्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये  देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा भएको हो।

प्रधानमन्त्रीसमेत रहेका देउवालाई दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंहलागयत नेताहरुको समर्थन थियो ।

देउवा नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका नेता हुन् । पञ्च्यायतविरुद्धको आन्दोलनबाट सक्रिय भएर खारिएका नेता २०४६ को आम निर्वाचनयता देशमा हालसम्म भएकासबै आम निर्वाचनमा डडेल्धुराबाट विजयी हुँदै आएका छन् । उमेर ७६ वर्ष पुगेका देउवा ८० वर्षको उमेरसम्म कांग्रेसको सभापति हुने भएका छन् । महाधिवेशन उद्घाटन गर्दा सम्बोधनका क्रममा देउवाले आफूले जिते तीन वटै तहको चुनावमा पार्टीलाई पहिलो दल बनाउने वाचा गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : ५२ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश