तालिवानका यी मन्त्री « Khabarhub
Logo
८ आश्विन २०७८, शुक्रबार

तालिवानका यी मन्त्री



नवगठित मन्त्री परिषद्को माथिल्लो तहमा अलकायदाको सदस्यलाई नियुक्त गरेपछि तालिवानले अलकायदा छाडिसकेको भन्न मिल्दैन । गत मङ्गलबार तालिवानले सिराजुद्दिन हकानीलाई आन्तरिक मामिलामन्त्री नियुक्त गरेको छ ।

संयुक्त राष्ट्र सङ्घले जुनमा बाहिर ल्याएको रिपोर्टअनुसार हकानी अलकायदाको कोर नेतृत्वको नभई विस्तारित नेतृत्वका सदस्य हुन् । (२००१ मा हकानीको दुर्लभ अन्तर्वार्ता बीबीसीले लिएको थियो । उनलाई अलकायदासँगको संलग्नताबारे प्रश्न सोधिएकोमा त्यसलाई बेवास्ता गर्दै अलकायदाको नीतिबारे कुरा गरेका थिए ।)

मङ्गलबार नियुक्तिपछि मन्त्री हकानी संसारको कुनै देशमा क्याबिनेट सदस्य हुने अलकायदाको पहिलो सदस्य भएका छन् ।

उनी एफबीआइका मस्ट वान्टेड सूचीमा छन् । ब्युरोले उनको गिरफ्तारीमा सहयोग गर्नेका लागि ५ मिलियन अमेरिकी डलर पुरस्कार राखेको छ, युएस स्टेट डिपार्टमेन्टले १० मिलियन अमेरिकी डलर दिने भनेको छ । उनीभन्दा बढी टाउकोको मूल्य तोकिएका आतङ्ककारी अलकायदाका वर्तमान नेता आयमान अल जहावरी मात्र हुन् ।

सिराजुद्दिन हकानीको मनोनयनले तालिवान सरकार कति कट्टरपन्थी छ भन्ने मननयोग्य छ ।

तालिवानको क्याबिनेटमा हकानी परिवारका अन्य सदस्य पनि समावेश छन् । सिराजका काका खालिल शरणार्थी मन्त्री छन् । उनलाई यसअघि काबुलको शान्ति प्रक्रियामा दखल पुर्‍याएको आरोप लागेको थियो । शहरमा अनगन्ती संख्यामा मान्छे मार्ने आतङ्कवादी आक्रमणमा समावेश हकानीको नियुक्ति त विडम्बनापूर्ण नै हो ।

स्टेट डिपार्टमेन्टले आफ्नो वेभ साइटमा खालिल हकानीले अलकायदाका लागि काम गरेको र अलकायदाको आतङ्कवादी गतिविधिमा संलग्न रहेको जनाएको छ । उनका लागि पनि ५ मिलियन डलर पुरस्कार पनि राखिएको छ ।

तालिवान क्याबिनेटमा चयन भएका अर्का व्यक्ति तालिवान प्रवक्ता जबी उल्लाह मुजाहिद हुन् । उनीसञ्चार र संस्कृति सहायकमन्त्री छन् ।

अमेरिकी राष्ट्रिय आतङ्कवाद नियन्त्रण केन्द्र (एनसीटीटी) ले उल्लेख गरेको छ कि केही २०११ मा काबुल इन्टर कन्टिनेन्टल होटेलमा भएको आक्रमणसहित अफगान युद्धको समयमा चर्चामा रहेका आक्रमणमा हकानीको नेटवर्क जिम्मेवार रहेको थियो । एनसीटीकै अनुसार त्यसै वर्ष अमेरिकी दूतावास लगायतका स्थानमा दिनभरि भएका आक्रमणमा हकानी सहभागी थिए ।

तालिवान क्याबिनेटमा चयन भएका अर्का व्यक्ति तालिवान प्रवक्ता जबी उल्लाह मुजाहिद हुन् । उनीसञ्चार र संस्कृति सहायकमन्त्री छन् । गत महिना मुजाहिदले एनबीसी न्युजसँग ओसामा बिन लादेन सेप्टेम्बर ११ का मास्टर माइन्ड भएको कुनै प्रमाण नभएको कुरा बताएका थिए ।

अहिले अमेरिकाले उनीहरूलाई नियन्त्रणमा राखेको दाबी गर्ने बाइडेन प्रशासनका अधिकारीहरूलाई हेरेर तालिवान नेताहरू हाँसिरहेका हुन सक्छन् ।

तालिवान दोस्रो भागमा दया स्वरूप अपेक्षा गर्न सकिने भनेको उसको असफलता हो । तालिवानले ट्रम्प प्रशासनसँग त बाजामा खेलेजस्तै खेले । ट्रम्पका सेक्रेटरी अफ स्टेट माइक पोम्पियो र तालिवानसँगका अमेरिकी वार्ता टोलीका प्रमुख र राजदूत जलमाय खालिजादको त्यो वार्ता अहिलेसम्मकै खराब थियो ।

२०१८ मा शुरू भएको त्यो वार्तामा तालिवानले चाहेको सबै पाए । अमेरिकाले पूर्णरूपमा अफगानिस्तान छाड्ने र अफगानिस्तानका जेलमा रहेका ५ हजार तलिवानलाई रिहा गर्ने । अफगान अधिकारीले गत महिना भनेअनुसार तीमध्येका धेरै तुरुन्त लडाइँको मैदानमा फर्किए ।

यसैबीच, अमेरिकाले वार्ताको क्रममा हकानीले बन्धक बनाइराखेका एक अमेरिकीलाई छुटाउन पनि सकेन । एक दशकदेखि अफगानिस्तानमा ठेक्काको काम गर्दै आएका मार्क फ्रेरिच २०२० को जनवरीमा अपहरणमा परेका थिए । उनी अपहरणमा रहिरहे । हजारौँ तालिवान बन्दीलाई छुटाउने अमेरिकी कूटनीतिको यो असफलता हो ।

सम्झौताको एउटा अंश तालिवानले अल कायदासँग भिन्न रहने भन्ने थियो । अहिले के भइरहेको छ, हामीले देखेका छौँ । यसका साथै तालिवानले अफगान सरकारसँग शान्ति वार्ता गर्ने कुरा थियो, जुन कहिल्यै भएन ।

अर्की अमेरिकन काइटलान कोलेमान हकानीबाट २०१२ देखि २०१७ सम्म बन्धक बनाइएकी थिइन् । उनले इमेल गरिन्, ‘हकानीको नेटवर्कले गरेको अपराधको हकमा कानून र उत्तरदायित्व अहिलेसम्म नै सबैभन्दा टाढाको विषय रहेको देखियो ।’

आउँदो दशकसम्म कूटनीतिका र सैन्य इतिहासका विद्यार्थीले ट्रम्प र तालिवानको वार्ताबारे पढिरहेका हुनेछन् । लडाइँको मैदानमा पनि हुन नसक्ने गरी कसरी वार्ताको टेबुलमा एउटै पक्षले जित्दोरहेछ भन्ने यो एउटा वस्तुगत पाठ हुनेछ ।

तालिवानले सम्झौताको कुनै किसिमले पनि सम्मान गरेको छैन । तैपनि पछिल्ला महिनाहरूमा बाइडेनले आफू ट्रम्पले तालिवानसँग गरेको सम्झौताले बाँधिएको महसुस गरेको बताएका छन् । बाइडेनको यो हतारको कदम र अफगानिस्तानबाट पूरै पछि हट्ने निर्णयले तालिवानको सैन्य स्वरूप आंशिक रूपमा सेप्टेम्बर ११ को समयभन्दा बलियो भएको छ किनभने अहिले अमेरिकाको केही हतियार उनीहरूसँग छ ।

हकानीको संयन्त्रले २००८ मा अमेरिकी पत्रकार डेभिड रोहडेको अपहरण गरेको थियो र फुकुवा हुनुअघि सात महिना राखेको थियो । सिराज हकानी नयाँ पोस्टमा नियुक्त हुने बित्तिकै रोहडेले मलाई मेल गर्दै लेखेका थिए, ‘यो अफगानका लागि खराब दिन हो ।’ कारमा बम पड्काएर नागरिकलाई आतङ्कित तुल्याउने र हत्या गर्ने आपराधिक समूहको नेता अहिले देशको कानून कार्यान्वयन गर्ने अधिकारी भएका छन् ।

अर्की अमेरिकन काइटलान कोलेमान हकानीबाट २०१२ देखि २०१७ सम्म बन्धक बनाइएकी थिइन् । उनले इमेल गरिन्, ‘हकानीको नेटवर्कले गरेको अपराधको हकमा कानून र उत्तरदायित्व अहिलेसम्म नै सबैभन्दा टाढाको विषय रहेको देखियो ।’

२०२० को फेब्रुअरीमा सिराजुद्दिन हकानीले न्यु योर्क टाइम्समा लेख लेख्दै तालिवानले शिक्षाको अधिकार र काम गर्ने अधिकार लगायत महिला अधिकारको सम्मान गर्ने प्रतिज्ञा गरेका थिए ।

त्यो समयमा उनी तालिवानका उपप्रमुख थिए, जसले ३४ मध्ये कुनै अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गरेको थिएन । अहिले हकानी पूरै देशको सुरक्षा सञ्चालन गर्ने स्थानमा छन् ।

टाइम्समा आफैँले गरेको प्रतिज्ञालाई हकानीले कसरी लिनेछन्, त्यो हेर्ने समय आएको छ । उनले यो गर्दैनन् भन्ने कुरामा मलाई बलियो शङ्का छ र तालिवानको चलाखी र आफ्नो प्रतिपक्षीलाई कसरी झुक्याउन भन्ने कुरा टाइम्सको विचार पृष्ठ रहनेछ ।

(पिटर बर्गेन सिएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक हुन् । उनले सन् १९९३ देखि अफगानिस्तानमा रिपोर्टिङ गरेका हुन् । ‘राइज एन्ड फल अफ ओसामा बिन लादेन’ उनको पछिल्लो पुस्तक हो । सिएनएनमा ९ सेप्टेम्बरमा प्रकाशित उनको यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)


भर्खर

0